संविधान बदलियो धेरै पटक मेरो देशमा
तर सम्बन्ध बदलिएन
कानुन बदलियो धेरै पटक मेरो देशमा
तर काम बदलिएन
म खोजौँ कहाँ? गयौ तिमी कता?
परिवर्तन कहाँ छौ तिमी?
गरौँ के? कसलाई भनौँ?
मेरै नाममा बेचिने परिवर्तन कहाँ छौ तिमी?
नीति बदलियो धेरै पटक मेरो देशमा
तर नियत बदलिएन
प्रणाली बदलियो धेरै पटक मेरो देशमा
तर परिणाम बदलिएन
संरचना बदलियो धेरै पटक मेरो देशमा
तर संस्कार बदलिएन
म खोजौ कहाँ? गयौ तिमी कता?
परिवर्तन कहाँ छौ तिमी?
गरौँ के? कसलाई भनौँ?
मेरे नाममा बेचिने परिवर्तन कहाँ छौ तिमी?