जीवनका चोटा, कोठा र भर्याङहरु
तिम्रो रंगले रंगाउने मन थियो
थाहा छैन कताबाट कुन पापीले तिम्रो मन चोर्यो
आजभोलि बेरङ्गी फिक्का भएको छु
कहिलेकाहीँ सँगै भएर पनि
जीवनभरि सँगै हुन नसकिँदो रहेछ
इच्छा र चाहनाको त घाँटी रेटिँदो रहेछ
विश्वास त केबल मूर्खहरुले गर्ने एउटा भूल रहेछ
नसोध अब कहाँ छौ, के गर्दै छौ भनेर
यहाँ जिन्दगी कोमामा गएको वर्षौं भइसक्यो
उत्तर दिने जिब्रो चल्दैन अब
आँखाको तिमी भाषा बुझ्दैनौ
त्यसैले रित्तो भएको मलाई
रित्तै रहन देऊ
याद नगर फेरि कहिल्यै
बाडुली लाग्दा पनि गाह्रो हुँदोरहेछ अचेल।