बुझेर बुझि नसक्नु छ जीवन र जगत
धन यहाँ साध्य हैन साधन रहेछ फगत
धनमा मात्र परम सुख छैन नि है
ज्ञानभन्दा ठूलो अरु केही हैन नि है
जीवन र जगतलाई जसले बुझ्यो
उसका सदाचारको मार्ग सुझ्यो
जसले खोज्ला प्राणीको यथार्थता
बुझ्नेछ धन हैन ज्ञान हो सत्यता
इज्जत नै ठूलो रहेछ धनको अघि
कमाएरै के अर्थ प्रतिष्ठा गुमाएपछि
धनकै पछि लागि विवेक गुमाउँदै गए
मनभित्रको आनन्द खोज्न टाढा जाने भए
प्रतिष्ठावान रहिन्छ सुविचार कहे
मृत्यु पर्यन्त सम्झन्छन् सुमार्गमा रहे
जुगौजुग बाचिन्छ लोककल्याणमा रहे
जिउँदै मर्दछ मानिस कुमार्गमा गए
धनको धनी हैन ज्ञानको धनी बनौँ
जीवन सधैँ छैन मनको धनी बनौँ
आफ्नो लागि हैन सबैको लागि भनौँ
धनको धनी हैन आचरणको धनी बनौँ।