मन्त्रालय ठप्प छन् मन्त्री नपाएर
कर्मचारी खुसी छन् घुस खान पाएर
रेलको पाङग्रा बिग्रिसक्यो चल्न नपाएर
हाहाकार पानीको भयो मेलम्ची नआएर
शान हुन् हाम्रा गौतम बुद्ध, वीर गोर्खाली पनि
तर बढ्दै गए सुन तस्करी, बलात्कारी अनि
कोही मस्त छन् मन्त्री बनी कोही नेता बनेर
जनता सधैँ पीडितै छन् महंगी बढेर
कालापानी, लिपुलेक बेचेर खाएछन्
देशको रक्षा गर्ने आँट कसैले नि गरेनन्
युवा जति खाडीमा छन्, बाकसमा लास
नेतालाई चिन्ता छैन परिवारलाई आश
काम, काज गर्न छोडि उखान टुक्का गाए
जनतालाई धोक दिई आँसु मात्रै दिए
कतै बाढी, कतै पहिरो लथालिङ्ग बन्दै
विकास हैन विनाश भयो दुःखी भए सबै
दसैँ आयो खसी-च्याङग्रा किन्ने आँट छैन
ठूलालाई चैनै चैन छ, सानालाई छैन
दसैँ तलब बोनस अनि कति धेरै भत्ता
गरिबलाई खाना छैन न छ ज्यानमा लत्ता।