बर्सात सिद्धियो हिलो-मैलो गयो
बादल हट्यो आकाश खुला भयो
गर्मी गयो मौसममा शीतलता छायो
दुःख बिर्साएर दसैँ खुसी लिएर आयो
बगैँचामा सुन्दर-सुन्दर सयपत्री फुल्यो
जताततै खेतैभरि धान लहलह झुल्यो
रोगब्याधी हट्यो त्रासबाट छुट्कारा पायो
रिसराग बिर्साएर दसैँ मिलाप लिएर आयो
रङ्गिचङ्गी पुतलीहरु बगैँचाभरि नाच्यो
चराहरु चिर्बिराएर रुखमा बसि हाँस्यो
बालबचेरा युवा सबैले नयाँ पोसाक लायो
फुलैफूलको महकमा दसैँ बहार लिएर आयो
टाढा हुनेहरु पनि जन्म ठाउँ फर्केर आयो
मान्यजनबाट टीका-जमरा आशीर्वाद पायो
सपरिवार मिलेर मिठा-मिठा परिकार खायो
तनाबलाई भुलेर दसैँ शान्ति लिएर आयो।