तिमीहरुको निर्लज्ज राजनीतिले गर्दा
बिरामी भैसक्यो मेरो देश
एम्बुलेन्समा छ मेरो देश
खाली गरिदेऊ त्यो सडक
जहाँ छ भिडभाड अबरोधहरुको
जहाँ छन् देश जलाउन तत्पर अपराधीहरु
मर्मत गरिदेऊ कोही भत्केको सडकलाई
हिँडिरहेछ एम्बुलेन्स साइरन बजाउँदै सडकमा
कोही आऊ बचाऊ मेरो देशलाई
बिरामी देश बाटोमै जीवनमरणको
लडाइँ लडिरहेछ
चिन्तित छ्न् धेरै, आक्रोशित छन् धेरै
जबर्जस्ती बिरामी पारिएको देशलाई
बेवारिसे पार्न खोजिएको छ देशलाई
खोजी गरिँदैछ उपचार गर्नेको
कसले गर्ने कारबाही जबर्जस्ती गर्नेलाई?
नाङ्गै नाच नाच्नेलाई?
स्वस्थ देशलाई बिरामी पार्नेलाई?
कसले? कसले? कसले?
कुन कानुनले? कुन कानुनले? कुन कानुनले?
बिन्ती छ कोही न्याय दिलाइदेऊ न
बचाइदेऊ न मेरो देशलाई।