रातो टीका लगाएर
कानमा जमरा सिउँरेर
महामारीको यो समय
भए पनि
यो वर्षको दसैं मनाउनेछु।
सामाजिक दूरी कायम राख्दै
सतर्कता र सजगतापूर्वक
हर्ष उल्लास र खुसीको साथ
अघिल्लो वर्षजस्तै
यो वर्ष पनि दसैं मनाउँदै छु।
यसपालि त कतै जानु नै छ
रमाइलो पनि गर्नु छ
पक्कै पनि
कसैलाई भेट्न पाइएको थिएन
पोहोरको वर्ष
गुनासो गरेका थिएँ
आफन्तहरुले
अर्को वर्ष म पक्कै पनि आउनेछु
भनी वाचा गरेको पनि थिएँ
अघिल्लो वर्ष
यसपालि आशिर्वाद थाप्नेछु
मान्यजनसँग
यो वर्ष पनि
मामाघर गएर
मिठो-मिठो परिकार खाएर
यो वर्षको दसैं मनाउँदैछु।
सुरक्षित हुनु छ सतर्कता
अपनाउनु छ
आफू बच्नु छ
अरुलाई पनि बचाउनु छ
यो साल पनि।
यो कोरोनाको कहरमा
यो विपदको समयमा
देशमा सुख शान्ति
समृद्धिको कामना गर्दै
सामान्य अवस्थामै रहोस्
भनी
यो मानिसको जनजीवन
भनेर प्रार्थना गर्दै
यो वर्षको
दसैं मनाउनेछु।