एउटा म फुल्दै छु
अर्को म फुलिसकेँ
खसिजाने पातहरुलाई
मौसमसँगै भुलिसकेँ
आरिस छैन म कसैमा
सुगन्ध छ म आफैमा
दिन्छु सुगन्ध हरेक पल
सायद कुहियै म माटैमा
सूर्यले मलाई फुलाएको
सुगन्ध चन्द्रमाले दिलाएको
मौसमसँग हारे पनि
छैन सुगन्ध मेरो बिलाएको
समुन्द्रमा नि म फुल्न सक्छु
मरभूमिमा नि म खुल्न सक्छु
हिम्मत नै मेरो यस्तो छ
दिव्यशक्ति बिना नै म उड्न सक्छु
दुःखमा नि फुल्ने मेरो काम रहिछ
रुप पनि त मेरो राम्रै छ
त्यो मिठो मह बनाउनलाई
मौरीले खुन मेरो चुस्दै छ।