पानीको बुँद
कति तरल
तप्प चुहिने
सारा जगतको प्यास मेट्ने,
आगोको झिल्को
कति सानो
अन्धकारमा प्रकाश छर्ने
जाडोमा न्यायो दिने,
हावाको चाल
कति शान्त
मन्द गतिमा चल्ने
सबै प्राणिको प्राण वायु।।
अनुभूत ब्रहाण्ड
अदभूत पृथ्वी
जल, जमिन, जंगलको समिश्रण
त्यसमै अडेको छ यो चराचर जगत।।
तर, जब पानीका बुँदहरु रिसाएर
आपसमा मिल्दै जान्छन्
त्यो महा–शक्तिशाली बन्छ
महा–पर्यलयकारी बन्छ
त्यसले बाढी पहिरो निम्त्याउँछ
सुनामी ल्याउँछ।।
आगो मानिसले नै आवश्किार गर्यो
विद्युत, ग्यास उत्पादन गर्यो
त्यसमा खाना पकाएर खान सिक्यो
त्यही आगोले फलाम गाल्यो
सुन पगाल्यो।।
सोच्यो, मैले प्रकृतिलाई जितेँ
तर, सदुपयोग गर्न नजान्दा
विवेग गुमाउँदा
त्यही आगोले
कतिको संसार भष्म पार्यो।।
वायुमण्डलमा हावा छ
प्रकृतिले निःशुल्क दिएको
तर, जब त्यो मन्द हावा
रिसाएर बेगमा चल्न थाल्छ
अनि वितण्डा मच्चाउँछ
दिउँसो अन्धकार छाउँछ
ठूला रुखहरु ढाल्छ
घरको छाना उडाउँछ
बस्ती उजाडी दिन्छ।।
यी सबै घटनाका पछाडि
सर्वश्रेष्ठ मानिने प्राणी
मानिस नै कारक छ
उसको लालच
उसको स्वार्थ
उसको कर्म
बढी जिम्मेवार छ।।
किनकि, उसैले जंगल विनास गर्यो
हावा, पानी, माटो
सबै प्रदूशित बनायो
ब्यक्तिगत लाभका लागि
ठूला ठूला च्याम्बर चलायो
रासायनिक हतियार बनायो
विनासकारी बम, बारूद बनायो
त्यसैले प्रकृति रिसाइन्
जब उनको सन्तुलन
खलबलियो
जलवायु परिवर्तन हुन पुग्यो
कतै अतिवृष्टि
त
कतै अनावृष्टिले
लोकमा विनास मात्रै निम्त्यायो।।