अचेल तिमी छैनौ
बस्
तिम्रा याद मात्र बाँकी छन्
कोही आएर, गएर
बोलेर वा नबोलेर
जे जसरी भएँ पनि
मलाई केही कुनैले छुँदैन
बस्
तिमी मात्र तिमी देख्छु
अनि
आफैआफ बोल्छु
भौतारिन्छु र
शून्यतामा रमाउँछु
बानी पनि परिसक्यो
एक्लै रमाउने
एक्लै बहकिने
अनि चहकिने
म बिर्सन्छु कुनै बेला
सास फेर्न
तर
यस्तो लाग्छ
तिमीलाई सास बन्द हुँदा पनि
खोजिरहन्छु
एक्लै रुन्छु
मुस्किलले
पर सर्छु
र
भन्छु
ओइ मान्छे!
तिमी त ठिक छौ?
तिमीलाई
केही त भएको छैन?
आफू, आफू रहेन
अब
म तिमीभित्र
हराएको छु
अनि तिम्रो यादमा
हराएको छु
यतिसम्म हराएँ कि
मबाट म नै छुटेछ!