ओए! गधा सुन न है
त्यो बन्धुलाई भु झपार्दै
उसका ज्ञानेन्द्रीयले सुन
तर उसले खै किन हो कुन्नि सुनेन!
ए पिउसो, जीवनमा लोट्लास है
भन्दै अनि त्यो हर्के हल्दार झैँ
कर्णालीमा पहिरो गयो अनि उसले मुन्टो फर्कायो
'जेसुकै भन म मान्दिनँ' उसले आवाज चर्कायो।
गाउँमा ढोल पिटे, बुवाको टोपी खोसे
अनि बुबाको अनुहारको रंग चुसे
ए घयरी! मलाई काँडा सापटी देऊ न
ती डाकाहरूलाई मासिदिन्छु म।'
ती आमाको रोदन अनि बुवाको भाव
के गरुँ खै म त भन्दै गर्जियो पल्टनियाँको ताप
पिपल पल्टियो आति चौतारो पल्टियो
त्यो जीवन अनि प्रकृतिको रुप हेर्न समाज उल्टियो।
हे बटुवा, किन सपना देख्छौ उडेको?
किन हो मेरो सपनापुरको यात्रा हजुरसँग जुधेको?
म त जवान पल्टनियाँ उठूँ अनि फूल समाऊँ
के म ती वैरीसँग मित्रता गाँस्दै रमाउँ?