कलेजमा अनलाइन क्लास सुरु भएको थियो। म ११ बाट १२ मा भने पुगेको थिइनँ, लकडाउनको कारण परीक्षा भएको थिएन। कलेजमा पनि मेरो थुप्रै साथीहरु थिए। केटा साथी वा केटी साथी दुवै मेरा लागि बराबर थिए, साथीहरु बीच कहिले पनि लैङ्गिक भेदभाव देखाउदिन थिएँ।
मेरो मिल्ने केटी साथी मध्ये एक थिइन् 'स्मारिका'। मैले उनीसँग आफ्नो 'एक्स गर्लफ्रेन्डहरु' को बारेमा सबै भनेको थिएँ। उनी पनि मलाई सम्झाउथिन्, बुझाउथिन्। अनलाइनमा खुब बोलिन्थ्यो। त्यो बेला 'कोभिड-१९' ले गर्दा लकडाउन भएको थियो। नेपाली जनताहरुले पहिलो पटक लकडाउन खेप्दै थिए। म भने पब-जी, अनलाइन लुडोजस्ता अनलाइन गेम साथीहरुसँग खेल्दै दिन बिताउँदै थिए। स्मारिका र मबीच पनि झन् प्रगाढ मित्रता हुँदै गयो।
अवस्था पनि अब खुकुलो हुन थाल्यो। अब हाम्रो ११ को परीक्षा पनि भयो। परीक्षा पनि राम्रै भयो। विस्तारै कोभिडले मच्चाएको आतंक पनि सेल्हाउँदै थियो। अब १२ कक्षा पनि सुरु हुन थाल्यो। सबै कुरा ठिकै नै चल्दै थियो एकदिन एउटी साथीले स्मारिका तिमीलाई प्रेम गर्छिन् भनेर भनिन्।
'केटा र केटीबीच नि मित्रता त टिक्ने नै रहेनछ' मैले मनमनै सोचेँ तर केही जवाफ दिइनँ। हामी बीचको त्यो मित्रता झन् टुट्छ कि भन्ने डर नि मनमा थियो। आफ्ना मनका कुरा सुनिदिने मित्र पाएको थिएँ, गुमाउन नि मन थिएन। म पनि कहिले-काहीँ उनलाई आफ्नो प्रेमिकाको रुपमा नसम्झिने त हैन त्यही पनि एकचोटि गरिसकेको गल्ती फेरि दोहोराउन मन थिएन।
विस्तारै हाम्रो सम्बन्ध पनि प्रेममा बद्लिन थाल्यो। म आफूले आफैलाई मूर्ख महसुस गर्दै थिएँ। जो मान्छे जानी-जानी गल्ती गर्छ त्यही नै मूर्ख मानिसको उदाहरण हो। तर सधैँ नराम्रो हुन्छ भनेर नकारात्मकता सोच राख्नु पनि उपयुक्त ठानिनँ। पहिलेभन्दा केही फरक रुपले उनीसँग प्रस्तुत भएँ। आफ्ना आमा-बुवालाई पनि उनीसँग रहेको सम्बन्धको बारेमा खुलस्त रुपमा भनेँ। खासै वास्ता भने गर्नु भएन तर गाली पनि गर्नु भएन। त्यसैले मलाई बोल्न खासै गाह्रो हुँदैन थियो।
झन् 'डीप लभमा' पर्दै गएँ। मेरो कमजोरी तिमी हो भनेर देखाउन चाहिँ देखाइनँ। आफ्नो भावनालाई एउटा पोकामा बाँधेर सधैँ सामान्य व्यवहार देखाएँ। उनीसँग आफ्नो जीवन बितेको कल्पना गर्दै बस्थेँ। कोरोनाको दोस्रो लहर पनि सुरु हुन थाल्यो, फेरि लकडाउन भयो। अब भेट नहुने कुराले मलाई पिरोलीlरहेको थियो।
प्रेमि-प्रेमिकालाई जति घाटा अरु कसलाई होला र यो लकडाउनमा! उनीसँग मेरो नयाँ-नयाँ प्रेम थियो। कलेजमा बाहेक अरु ठाउँमा खासै भेटघाट हुँदैन थियो। धेरै समय बिताउन खोज्थेँ तर सकिरहेको थिइनँ। कहिले काहीँ उनीलाई सपनामा देख्दा नि मन फुरुङ्ग हुन्थ्यो। उनी आफूसँगै भएको महसुस गर्दै एक्लै मुसुक्क मुस्कुराउँदै निदाउने गर्थें।
आफूले माया गरेको मान्छे सधैँ आफैसँग होस् भन्ने लाग्नु पनि स्वभाभिक नै त हो। मलाई उनको लत लागिसकेको थियो। एकदिन कतै हराउँदा पनि दिनभर 'फेसबुक मेसेन्जरको' टिङ्ग आवाजको प्रतिक्षामा नै मेरो दिन बित्ने गर्थ्यो। भोलिबाट लकडाउन सुरु हुन लागेको थियो। मनमनै कलेजमा हुँदा त लुकी-लुकी हेर्न त पाउँथेँ, अब त्यो पनि नपाउने भए भनेर सोचेँ।
त्यो दिन उनीसँग छुट्टिएर घर पुगेँ। घर आउने बित्तिकै फेरि उनको आवाज सुन्न मन लग्यो। त्यहीँ नि आफूलाई सम्हालेँ। उनले पहिले पठाएको टिकटकहरु हेर्दै एक्लै मुस्कुराउन थालेँ। केही समयपछि 'घर पुग्यौ?' भनेर म्यासेज पठाएँ। करिब-करिब दुई घण्टापछि रिप्लाई आयो 'पुगेँ' भनेर। मैले अब हाम्रो भेट कहिले हुने हो, जे भए पनि मलाई नबिर्सनू है भनेर 'स्माइली इमोजी' को साथमा म्यासेज पठाएँ तर मुहारमा भने पटक्कै हाँसो थिएन। आँखामा टिलपिल आँसु पार्दै थिएँ।
आफूले सबैभन्दा धेरै चाहेको मान्छे गुमाउँछु कि भनेर डर नि लागिरहयो। विस्तारै किन-किन हाम्रो कुराकानी पनि पातलिँदै गयो। अब सधैँ झैँ झगडा मात्र हुन थाल्यो। उनलाई हँसाउन हरेक कोसिस गरे तर सकिनँ। उनीलाई मप्रति इच्छा कम हुँदै गएको महसुस गर्न थालेँ तर यस्तो हुनु पनि त स्वभाभिक नै त हो। सधैँ मेरै गफमा भुल्ने उनी आजकाल मलाई वास्ता गर्न पनि छाडिन्। हाम्रो कुराकानी नभएको पनि चार दिन पुग्यो।
एकदिन बेलुकीको करिब ८ बजेको थियो होला, मोबाइलमा म्यासेज आयो। उनकै म्यासेज रहेछ। मन्द मुस्कान दिँदै म्यासेज पढेँ। पढेपछि मुहारको हाँसो हरायो, फेरि अत्तालिन थालेँ। म्यासेजमा लेखिएको थियो 'म तिमीलाई कति माया गर्थें तर तिमीलाई मेरो केही वास्ता छैन, त्यसैले तिमीसँग भएको रिलेशन यहीँ तोड्न चाहन्छु।'
एकछिन ट्वाँ भएँ, म पनि केटा मान्छे कसरी आफू उनी बिना कमजोर छु भनेर देखाउनु। देखाउन मन पनि लाग्दैँन थियो तर मनभित्र कति माया थियो त्यो भन्नका लागि मसँग शब्द नै छैन। मैले हरेक माफी मागेँ तर मेरो जीवनमा कहिले पनि उनी फिर्ता आइनन्।
मायामा पर्नुभन्दा नि माया टिकाउनु गाह्रो कुरा रहेछ। उनी केटी मान्छे कुनै दिन आफ्नो घर छाडेर कसैको अर्धाङगिनी हुन्छिन्। उनीले चाहेकोजस्तो मान्छे म हुन सकिनँ होला सायद। त्यसैले त होला यत्रो सजाय दिएकी। त्यहीँ नि उनको मनमा जे होस् तर उनी प्रतिको सम्मान र माया सधैँ मनमा रहनेछ।
लकडउनमा सुरु भएको मेरो प्रेम कथा लकडाउनमा नै सकियो। अरु कुरामा खासै फेल नभएको म यसपाली पनि मायामा फेल भएँ। अरु खासै कमजोरी नभएको म माया मेरो कमजोरी ठहरियो। अब ती यादहरुलाई सम्झिएर मुस्कुराहुनु बाहेक अब केही विकल्प रहेन।
बिहानको ५:४० बजेको थियो होला। मोबाइलबाट अलार्म बज्यो। म झ्याउ मान्दै मोबाइल तान्दै थिएँ। आचानक याद आयो, आजबाट फेरि कलेज सुरु हुँदै छ। मनमा छुट्टै जोश उत्पन्न भयो। अघि लागेको निन्द्रा नि खै कता हरायो। अरुबेला त्यही कलेज जान नि अल्छी मान्ने म आज भने पूरै कलेज जान खुसी हुँदै ड्रेस लगाउन थालेँ।
खै! किन आज मनमा छुट्टै प्रकारको आनन्द थियो। मानौँ केही ठूलै काम गर्न जान लागेको जस्तो। अरु बेला मुख पनि नाधुने म आज कपाल कोरेर दाँत माज्न थालेँ। आफ्नो सबै काम सकेर त्यहीँ जोश र खुसी लिएर कलेजतर्फ लागेँ। त्यहीँ हँसिलो अनुहार लिएर कलेज भित्र छिरेँ।
साथीहरु सबैलाई हाई र हेल्लो गरेर भित्र के पस्न लागेको थिएँ मैले झ्याप्प स्मारिकालाई देखेँ। अरू बेलाभन्दा कति राम्री भएकी, हेरिरहूँ जस्ती। तर एकैछिनपछि झसंग झस्किएँ। हाम्रो म्यासेजहरु सम्झिएँ। हाम्रो झगडा परेर बोलचाल थिएन। उनी मसँग बोलेको पनि थिइनन्।
पहिले हामी कति बोल्थ्यौँ, उनीसँग नबोलेको दिन नै हुँदैन थियो। तर फोनमा बोल्न भने दुवै लजाउने। उनीले जीवनको हरेक पल मसँग बिताउने वाचा गर्थिन्। तर खै एउटा सानो झगडाले हाम्रो त्यो सम्बन्ध एक झट्कामा नै उडाएर लग्यो। कति सजिलो हुन्छ है मायामा पर्न तर मायाको बिछोडको पीडाले हेरक दिन हरेक पल मुटु घोचीरहेको हुन्छ।
म यस्तै नानाथरीका कुरा मनमा खेलाउँदै बाहिर टोलाइरहेको रहेछु। साथीले भित्रबाट 'ओई, कति बसिरहेको बाहिर? सरले मर्लान' भनेपछि पो झसङ्ग भएँ। म कक्षा भित्र प्रवेश गरेँ।
लकडाउन पछिको पहिलो क्लास, साथीहरुसँग नभेटेको पनि झन्डै ४ महिना भैसकेको थियो। खासै केही परिवर्तन त थिएन पहिले भन्दा तर एउटा फरक के थियो भने मेरी स्मारिका मसँग थिइनन्। उनी भौतिक रुपमा त कक्षामा नै थिइन् तर मेरो पुरानो स्मारिका रहिनन् जो सधैँ नेपालीको क्लासमा मलाई हेरेर मस्किन्थी। उनी त्यो स्मारिका रहिनन् जो म खाजा खानी बेला मसँग जिस्किन आउँछे।
सर क्लासमा एकहोरो पढाइरहनु भएको थियो। म उनलाई लुकी-लुकी हेर्दै थिएँ। यसरी नै हेरिरहँदा मेरो झ्याप्प उनीसँग आँखा जुध्यो। कुनै बेला त्यसरी नै आँखा जुध्दा मुसुक्क मुस्कुराउने उनी आज मलाई देख्या नदेखई गरेर उता फर्किन्। मुटु किन-किन कटक्क भयो, आफै गलेको जस्तो महसुस भयो।
यत्तिकैमा दुई वटा क्लास नि सकियो। पढाइप्रति पटक्कै ध्यान गएको थिएन। उनी खुब ध्यान दिएर बोर्ड तर्फ हेर्दै थिइन, म उनीलाई हेर्दै थिएँ। मन उनीलाई नै हेरीरहू झैँ लाग्दै थियो। उनी झन् राम्री लाग्दै थियो। आहिले झन् उनले आफ्नो कपाल इस्ट्रेट गरिछन् कति राम्री देखिएकी! उनको कानको त्यो कालो टप आहा! कति राम्री मेरी स्मारिका।
मन त आहिले उनको अगाडि गएर माफी माग्न थियो तर सकिनँ। मनले मागे नि मस्तिष्कले भने त्यसो गर्न दिएन। म पो कमजोर छु, उनलाई भुल्न सक्दिनँ तर उनी मजस्तो कमजोर छैनन्, कति सजिलै भुलिदिन मलाई। फेरि उनलाई नै हेर्न थालेँ। उनले भने मलाई अपरिचित हेराइले हेरिन्।
त्यहीँ नै बेला टिंग घन्टी बज्यो। उनको त्यो परिचित हेराइले मनमा ठूलो धक्का पर्यो। जुरुक्क उठेर क्यान्टिनतर्फ लागेँ। केही कुरामा ध्यान नै गएको थिएन, मन र मस्तिष्कमा एउटा मात्र नाम गुन्जिँदै थियो- स्मारिका। सायद यो कलेज नखुलेको भए म उनलाई बिर्सँदै जान्थे पनि होला तर उनलाई फेरि देखेपछि आफ्नो मनलाई रोक्नै सकिनँ।
फेरि उनका ती हात समातेर सँगै घर जान मन लग्थ्यो। उनको खाजा खोसेर जिस्काउन मन लग्थ्यो तर त्यो सम्भव थिएन। मन एकोहोरो भएको थियो। मेरो पुरिँदै गएको घाउ झन् बल्झेको जस्तो महसुस हुँदै थियो। उनी पनि क्यान्टिनमा आइन् र हाम्रो टेबलभन्दा दुई टेबल आगाडि बसेर खाजा खान थालिन्। म उनलाई हेरिरहेको थिएँ। न भोक थियो न प्यास न जाँगर नै। उनी आफ्नो साथीहरुसँग बसेर जोर-जोरले हाँस्दै थिइन्। म पनि उनको हाँसो हेर्दै त्यसमै हराउँदै थिएँ।
त्यतिकैमा कसैले मेरो नाम लिएर पछाडिबाट बोलायो। झ्याउ मान्दै पछाडि फर्किएँ। साथीहरुले कक्षा जानको लागि मलाई बोलाउँदै रहेछन्। म झ्याउ मान्दै विस्तारै कक्षातर्फ लागेँ। कक्षामा नि मुन्टो तल पारेर टोलाइरहेँ। यत्तिकैमा कलेज छुट्टी हुने बेला भएछ।
म विस्तारै झोला तान्दै थिएँ, त्यहीँ बेला मेरो मिल्ने साथी रोहित नजिक आएर सन्चो छैन र तलाई भन्दै सोध्यो। मैले अनुहारमा झुटो हाँसो ल्याउँदै 'हैन ठिक छ' भनेँ तर साथीले मेरो झुटो हाँसो पकड्दै भन्यो 'के भो भन् न होउ, के साथीसँग भन्न नि अप्ठ्यारो मानिरहेको?'
उसले यति भनिसकेपछि उसको कुरा नि टाल्न सकिनँ। 'मेरी पुरानी स्मारिकालाई मिस गर्दै छु यार,' मेरो बोली अचानक रुन्चे स्वरमा परिवर्तन भयो। साथीले ट्वा परेर मलाई हेर्दै भन्यो 'अझै बिर्सेको छैनस् त्यसलाई? ४ महिना भैसक्यो यार त्यसले तलाई बिर्सिसकी तँ अझैँ त्यसकै पछि लाग्दै छस?'
साथीको यो कुरा सुनेर झन् मन भारी भो। म केही जवाफ पनि दिन सकिनँ। उसले फेरि भन्यो 'यो कुरा सबै छोड यार, एक्जाम हुन्छ रे अब अर्को हप्ताबाट। लकडाउन सुतेर नै बित्यो, एक्जामको तानाब लि अनि एक्जाममा मलाई सिका नि।'
म केही बोलिनँ चुप लागेर मुन्टो हल्लाएँ र हामीसँगै घर फर्कियौँ। बाटोमा पनि म झोक्राएर हिँडिरहेँ। साथीले मलाई हँसाउन हरेक कोसिस गर्दै थियो। तर सकिरहेको थिएन। मेरो ध्यान केही कुरामा नि थिएन। न मलाई आउँदै गरेको एक्जामको तनाव थियो। यसरी नै दिनहरु बित्दै गए। एक्जाम पनि सकियो अनि कलेजको अन्तिम दिन आयो।
कोही साथीहरु फ्यान मोड्न थाले, कोही शर्टमा नाम कोर्न थाले। म भने एउटा कुनामा टोलाएर बसिराखेको थिएँ। कोही साथीहरु मुस्ताङ, कोही इलाम जाने कुरा पनि गर्दै थिए। मेरो मनमा आनेक कुराहरु खेल्दै थिए। म झोक्राउँदै कक्षाबाट निस्किँदै थिएँ अचानक पछाडिबाट कसैले बोलायो। म पछाडि फर्किएँ, त्यो बोलाउने मान्छे स्मारिका थिइन्।
उनले मेरो नाम मात्र लिँदा नि मनमा छुट्टै किसिमको आनन्द आयो। म 'किन बोलायौ?' भन्दै उनको नजिक गएँ। साथीहरु 'हामी सर आउनुभयो भने भन्छौँ' भन्दै ढोकाबाट बाहिर निस्किए। उनी म तिर नजिक हुँदै आइन्।
मलाई गालामा एक थप्पड हान्दै आँखाभरि आँसु लिएर भनिन् 'म सधैँ यो नाटक देखाउन सक्दिनँ, त्यो जाबो सानो झगडाले गर्दा तिमीलाई गुमाउन चाहन्नँ। कति रिस उठेको थियो तिमीसँग तर तिमी झोक्राएर बसेको मैले हेर्न सकिनँ। तिमी मलाई माया गर्दैनौ जस्तो लग्थ्यो तर हिजो रोहितले सबै कुरा मलाई फोनमा भन्यो। म त्यति निर्दयी नि छैन तिमीलाई यति सजिलै भुल्न।'
उनको यो कुरा सुनेपछि झन् मेरो आँखाबाट नि आँसु खस्यो। उनलाई च्याप अंगालोमा बेरीरहेँ। उनको हात समातेर कक्षाबाट बाहिर निस्किएँ। उनको हात समातेको देखेर होला केही केटाहरु मलाई ल बधाइ छ भन्दै मेरो नजिक आए।
म रोहितकको नजिक गएर उसलाई अंगालो हाल्दै 'धन्यवाद यार' भनेँ। 'अब मलाई के धन्यवाद भनिरा नि, तेरो लागि यति नि गर्न सक्दिनँ त म?' भन्दै खिस्स दाँत देखायो। मेरो आनुहरबाट पनि अब कालो बादल हरायो। त्यसपछि स्मारिका र म हात समाउँदै घर फर्कियौँ।