सोचेरै लाग्छन् कि क्या हो
योसँग खेलौं, खेलाऔं भनेर
कल्पेरै ताक्छन् कि क्या हो
स्वार्थको रोटी सेकौं, सेकाऔं भनेर?
नत्र किन बनाइन्छ माया छर्ने मुटु बारम्बार
गिनिपिग झैं प्रयोगशाला
स्नेह उमार्ने कोमल मन अवसरवादीको धर्मशाला
दुनियाँ देखाउने आँखाहरु रइसवालाको मधुशाला?
निर्धक्क धाउँछन् कि क्या हो पिपासुहरु
निर्लज्ज भई निरीह प्रीतका बस्तीहरुमा
फरक रसस्वादन प्रेमको तलास्दै पिउन?
नत्र किन रेटिन्छन् अबला बारम्बार
सारङ्गी बन्दै करुण धुन निकाल्दै
किन मिचिन्छन् निर्बोधवाला पटक-पटक?
वसन्त नओर्लि जवान भई दिनुपर्ने
हरियालीको पछ्यौरी फिँजाइ दिनुपर्ने?
ढाँटको खेती पो होकि क्या हो राजनीति
जनतानै ठगिनु पर्ने यस्तो के नीति
भ्रष्टाचारले नेताहरू महल खडा गर्छन्
शोषित भई जनता सधैँ पछि लाग्नुपर्ने
भोट पनि हाल्नै पर्ने, चोट पनि खप्नै पर्ने!