पवनको बहकाउमा पारिजात झरिदियो
बिहानीको मिर्मिरेमा सुगन्ध नि छरिदियो
सौन्दर्यको बहारमा सूर्यमुखी फुलिदियो
उषाको किरणसँगै लाजले झुलिदियो
गलामा पहिरिन सयपत्री फुलिदियो
मन-मन्दिर सजाउन सयौँ दीप बलिदियो
प्रेम भाव जगाउन गुलाफ नि फुलिदियो
बगैँचामा बिराजिन राप ताप भुलिदियो
तलाउको दलदलमा स्वेत कमल फुलिदियो
हिलो मैलो तिरस्कार सबै कुरा भुलिदियो।
चकमन्न फूलबारी चम्पा चमेली फुलिदियो
स्वर्गतुल्य गाउँघरमा माधुर्यता छरिदियो
घर-आँगन सजाउन गोदावरी फुलिदियो
चमक छ मुहारमा मन्द मुस्कान भरिदियो
लेक बेँसी जताततै जाइजुही नाचिदियो
सेता दन्त लहरमा लाली ओठ हाँसिदियो।