रगतले म तिम्रै नातेदार थिएँ
तर मेरो उमेर ११ वर्षको थियो
आफ्नै स्याहार गर्न नजान्ने थिएँ
तर धाईआमाको नाम तिम्रो कारण लेखिदिएँ।
पढ्दै थिएँ ६ कक्षामा, न कसैले पढाइमा ध्यान दिन भनेँ
न त पढाइको ख्याल नै कसैले गरे, मनमा धेरै पीडामा परेँ
खै अहिले भन्ने गर्छन् अधिकारकर्मी बाल शोषण भयो भनी
तर त्यो बेला त आफ्नाले नै काममा पेलाउन सके पनि।
बच्चाका दिसाका थाङ्गना नि धोएँ, आँसुका ढिका खसाल्दै रोएँ
तर कसैले बुझेनन् मनको पीडा रगतको टाला नि धोएँ
दिन नि बित्दै गए तेल लगाई-लगाई हुर्काएका ती बालक आज ठूला नि भए
तर ,
थाहा त पाए ती बालकले सबै कुरा आफ्ना को हो धाईआमा भनी
गनेन हातका औँलामा यसले जीवन दिई भनी
आज थाहा पाइन् उनले आफ्ना रगत आफै हुँदा रहेछन् भनी।
आँसुका ढिका लिई सहारा विहीन हुन्छिन्
आज दुःखमा आफैलाई पर्दा धाईआमा रुन्छिन्
खै! किन होला ठूला आफै भए उसकी आमा भन्छिन्।
तर, यथार्थ यही रहेछ साथी हो
आफूलाई पर्दा कोही हुन्न यहाँ
अरुको लागि जीवन दिइन्
धेरै होलान् तर खै कहिले आउँछ दिन जसले
अरुका लागि आफ्नो जीवन त्यागेको थिइन्।
बल्ल माइलीले थाहा पाउँदैछिन् जीवनका चित्र यहाँ
कति निष्ठुरी हुन्छन् मान्छे आफ्ना फाइदाका लागि जहाँ
दिनरात खटछन् जीवन अरुको होइन र?
के बालबालिकालाई स्वतन्त्रसँग जीउने अधिकार छैन र?
बाल्यकालमा दिएको दनमलाई तोडी न्यायका लागि लड्थिन् होली
आफ्ना साथमा भए अपराधी भन्थिन् होली
दिन उनको नि आउला, आज बेवास्ता गर्नेले भोलि पछुताउनु पर्ला
धाईमाइ भनी महत्व आफ्ना बच्चा भएपछि आफै थाहा पाउला
धाईमाइ भनी महत्व आफ्ना बच्चा भएपछि आफै थाहा पाउला।