प्रकृतिको यो नीति, राजनीतिक र
प्राकृतिक मौसमको एकीकरण
भएछ क्यारे भन्ने अनुमान
मिलेन भन्ने ऋतुहरूको विश्लेण
कति पनि अलमलमा नपरेको
वर्षलाई के प्रश्न गर्नु कात्तिकको भेल?
बेंसीमा नपाक्दै निन्द्रामा परेको धान
ढिकुटीमा राख्नै लागेका कृषकका
सपना तराईका फाँटमा जलमग्न हुँदा
वर्षाका मेहनतहरेले झैँ वर्षभरिको सपना
बगाई लगेपछि कुन शब्दले कसलाई
कसरी के भनेर प्रश्न गर्ने?
रोदन भरिपूर्ण शब्द ती कयौं निमुखा
दिनरातको मेहनत, वर्षाको झरीबादल
भाषणको कृषिक्रान्ति जस्तो
सजिलो कहाँ हुन्छ र शरदान्तमा
आएको बेमौसमी भेल छेक्न,
कसले सक्ने अझ भेल भित्रको
पीडालाई मलमपट्टीले लेप्न?
ती निरस शब्द सुन्ने, सपना साकार गर्ने
दैव को बनिदिएला र वर्षभरिको
मेहनत सपना गोडमेल गर्ने,
साहस गिर्यो रे ठाउँमा
त्यो बहस छ छैन के छ
सुनौलो दिनको कल्पना छ कि छैन
तिनको हृदयमा, कि आवश्यकता छैन
आज त्यसको के निष्कर्ष निस्किन्छ!
राजनीतिमा झैँ अध्यादेशले
न त यो समस्या सुल्झिन्छ
न त कसैले हिम्मत गर्ला
बेमौसमी भेलबाट थलिएको
पीडितलाई मलम लेपाउन
अश्रुपूर्ण नयन टोलाइरहेका छन्
मलम ल्याउने डाक्टरको बाटो तिर
के डाक्टर आउलान् र मलम लाउलान् त?