म पर्खिरहेँ तर टुङ्गो लागेन
अनन्तः रह्यो मेरो पर्खाइ पनि
चुनावपछि नेताले जनता बिर्सेजस्तै
पार्टीले टिकट बेच्दा नैतिकता बिर्सेजस्तै।
कैची उम्मेदवारले ठेकेदारलाई भोट बेचेजस्तै
कमजोर विद्यार्थीलाई गुरुले राम्रो नोट बेचेजस्तै
विपक्षीलाई कमलो पार्न भाषणमा झुटो भाषणा बेचेजस्तै
मैले आफ्नो मनलाई आफ्नो सान्त्वना बेचेँ।
मैले तिम्रो याद र प्रतिक्षा गरेँ अनि समीक्षा गरेँ
बल्ल थाहा पाएँ, म त जनता पो रहेछु
होसियार पश्चाताप नगर, तिमीले त छौ नि हैन
म त जनता हुँ, चुनावअघि ममता हुँ, लौरो हुँ।
गरिब छु पैसा छैन, गरिबको पनि त इमान हुन्छ होइन त?
त्यसैले त चुनाव सकियो, अब म धुपौरौ हुँ
कति आकार छन् मेरा, कति बिकार छन् मेरा
चोरहरुलाई भोट दिएर, देशप्रति बेइमान पनि भएँ।
प्रिय आत्माको कमजोरीले नेताको हातको कमान पनि पाएँ
कहिलेकाहीँ चित्र वृत्तबाटै हराएँ, एक्लै रोएँ, गुमान पनि भएँ
रुन त आज पनि सकेको छैन, तर मन उज्यालो छ
तिमी आउँदै गर जाँदै गर, स्वागत र बिदाइ छ।
चोट निको नभए पनि रगत बगेको छैन, बलियो सिलाइ छ
सोझा ठग्ने संगठन, नेपालमा मात्र हैन विदेशमा पनि बनेका छन्
सक्नेले देशमै गर्छन्, अरु विदेशमा पनि
नेपाली हो पाए गर्छ, उद्धृत मात्र गरेको हुँ
उनका सन्तान सबैले गर्छन्, मेरो सोच हो।