माया गरेर राखेको
हर्लक्क बढेको
हेरचाह सुरक्षा सबै छ
झिलिमिली बत्ती बल्दछ
दाना पानी
अनि पौष्टिक आहारा
नापेर जोखेर खान्छ
पुल्पुल्याएर राखेको
आहा! कस्तो राम्रो बाँचेको
तर पनि
बन्द कोठाभित्र थुनेर राखेको
न स्वतन्त्र छ
न त बोली नै छ, न अभिव्यक्ति
न लक्ष्य छ जिन्दगीको
न यात्रा अनि गन्तव्य नै छ
कसैको आहारा बन्दैमा
जिन्दगी सकिन्छ
पाएको माया, स्नेह, सहारा
सबै त्यही मेटिन्छ
अहो! कस्तो बोइलर कुखुराको जस्तो जिन्दगी।