जति ठूलो बाटो, उति नै ठूलो उसको कर्मभूमि
जिन्दगीले पस्किएको अचाह, यो कस्तो भुमरी?
यो बाटो नै उसको नदी, पैताला उसको नाउँ
पौडिन्छ यसमै हर घडी, जाने कुन ठाउँ?
न शीरमाथि सहारा, बेसहारा भुइँ टेक्ने पाउ
बुझिदिने को छ र त्यो मनको घाउ?
घाम-जाडो के फरक?
जीवन-मरण के फरक?
अनमोल भएर बेमोल छ
उसको सपनाको के मोल छ?
ताराजस्तै अनगिन्ति रहर अनि खुला आकाश उसको छत
धर्ती उसको विस्तरा,यही फूटपाथ उसको घर।