नौ-नौ महिनासम्म पेटमा राखी धर्ती देखायौ मलाई
आज तिम्रो छोरो म, ठूलो भएँ तर गर्न सकिनँ तिम्रो भलाइ।
छ-छ वर्षसम्म काखमा राखी चुसायौ तिमीले दूध
अब त बुझ्ने भएँ म आमा, तर दिन सकिनँ तिमीलाई सुख।
भन्छौ, पहिले तिमी पेटभरि खाऊ अनि खान्छु म खाना रहे
हेर त आमा, तिम्रो लागि केही गर्न सकिनँ यति ठूलो भएँ।
मेरो पेट भरिदिनका लागि गर्यौ तिमीले धेरै दुःख,
अभागी छोरो मैले, कहिल्यै दिन सकिनँ तिमीलाई सुख
हे आमा! जन्मायौ, हुर्कायौ मलाई, पालनपोषण गरी
छोरो भएर जन्म लिएँ तर कहिल्यै तिमीलाई खुसी बनाउन सकिनँ सरी।