भ्रूण भई आएँ म आमाको कोखमा
हुर्कँदै गएँ म अभावको पेटमा
कहिले भोकै नि सुतेँ म गरिवीको चोटमा
महसुस गदै थिएँ म बुवाआमाको पीडामा
सपनामा डुल्दै थिएँ बुवाआमाको आँखामा
विस्तारै हुर्कँदै गएँ बाहिरी संसार हेर्न हतारमा थिएँ
वरिपरि बुवाआमालाई देखेँ न्यानो माया र हेरचाहमा बाँधिदै थिएँ।
संसार जिते झैँ हुन्थ्यो परिवारको माया पाउँदा
विस्तारै मान्छे अनि सामानको नाम चिन्न पाउँदा
बाल्यकाल स्वर्गजस्तो थियो तनाव बिना जिउन पाउँदा।
झोलुङ्गो झैँ झुल्दै थिएँ, सु गर्दा कराउँदै थिएँ म
आमा आई फेरिदिन्थिन् मेरा भिजेका थांग्ना
खेलौना अरुले लैजाँदा रोई-कराई गर्थेँ म
तर ६ महिना नहुँदै पापी नजर लाग्दामा
बलात्कारको शिकार भएँ यही नेपाली समाजमा
मारिदियौ नि पापी मलाई बाँचेका भएँ जिउँदै जलाउँथे
म ठूली भएको भए गिद्धे नजरलाई फुटाइदिन्थेँ
आउने छ एकदिन म बालिकाको रगत चुस्ने अपराधीलाई श्राप
स्वर्गमै छु म तर समाचारमा आउँछ मेरो मृत्युको कारणको रात
तँ मरेको दिन आइजो अपराधी दिनेछु नर्कको बास
अनि तेरो नि बेहाल बनाउँछु मलाई दिएको पीडाको आभास
थाहा पाउनेछस् तँ बलात्कारीले छोरी रहेछ भगवानको साथ
संसारका कलिला बालिका धेरै परिरहेछन् बलात्कारीको शिकार
अब नदेऊ न पीडा, मर्न बाध्य नपार न हे सरकार
ल्याइदेऊ न नियम दह्रो सबैलाई होस् हितकार
ल्याइदेऊ न नियम दह्रो सबलाई होस् हितकार।