Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, साउन २२, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

ओ माई गड

रुमु न्यौपाने

रुमु न्यौपाने

विशाल भवन अनि भवनको पाँचौं तल्लामा बैंक। जहाँ मलाई जागिरको लागि अन्तरवार्तामा बोलाईएको थियो। अहिलेसम्म घरमा सामान्य काम गरेको बाहेक बाहिर कतै कुनै काम गरेको अनुभव थिएन मसँग। केही गरी यो जागिर पाएँ भने यो नै मेरो पहिलो काम हुनेछ। लिफ्टमा पसेर पाँच नम्बर दबाएँ। लिफ्ट पाँच नम्बरमा पुगेर टक्क अडियो। लिफ्टबाट बाहिर निस्केको त ‘ओ माई गड’ हेरेको हेह्रै भएँ। कति सुन्दर ठाउँ। ढोकामा छुँदा पनि दाग लाग्ला झैं। वरिपरी फूलैफूलले भरिभराउ गमला अनि स-साना सजाईएका मूर्तिहरू। 

रिसेप्सनमा भर्खरै सोह्र-सत्र वर्षकी राम्री कटी बसेकी थिईन्। मेरो मनले अड्कल काट्यो भर्खर प्लस टु सकेर जागिर खान आएकी होली। उसलाई बोलाएँ, ‘एक्सक्यूजमी मलाई यहाँ अन्तर्वाताको लागि बोलाईएको थियो।’ मलाई माथिदेखि तलसम्म हेरेपछि उनले भनिन्,‘एकछिन यहीँ वेट गर्नुस् म्याम, सर अरूको अन्तरवार्ता लिदैं हुनुहुन्छ।’

म केही नबोली उसले ईशारा गरेको कुर्सीमा गएर बसेँ। खै कति जनाले यो जागिरको लागि एप्लाई गरेका होलान् कुन्नी। वेटिङ रूममा थुप्रै मानिस देखेँ। करिब दश मिनेट जति पर्खेपछि रिसेपसनिस्टले मेरो एकाग्रतालाई विथोल्दै भनिन्, ‘म्याम हजुर भित्र जानुहोस्।’ 

म डराई डराई भित्र गएँ। मुख पूरै रातो भएको थियो। भित्र पसेपछि मेनेजरले सोधेका सबै प्रश्नको उत्तर दिएँ। केहीबेरपछि उनले भने, ‘यो भन्दा पहिले कतै काम गर्नुभएको थियो?’ मैले हिच्किचाउँदै जवाफ दिएँ, ‘छैन सर।’ उनले अलि रुखो स्वरमा भने, ‘काम गरेको अनुभव नै नभएपछि यहाँ कसरी काम गर्नुहुन्छ?’ 

यसपटक मलाई डर लाग्न छोडेर रिस उठ्यो। अनि मैले पनि उसैगरी भनिदिएँ, ‘काम गर्ने मौका नै नदिएपछि अनुभव कसरी बटुलौं सर?’ मेरो कुरा सुनेर उनी अवाक भए। अनि मुस्कानसहित भने, ‘वेल सेड आई एम ईम्प्रेस्ड। तपाई भोलिबाटै काममा आउन सक्नुहुनेछ। तर एक महिना तपाईँले आफ्नो डिपार्टमेन्ट हेडसँग तालिम लिनुपर्नेछ।’ 

उनको कुरा सुनेर मेरो मुहारमा अनौठो किसिमको चमक आयो। मैले उनलाई झुकेर धन्यवाद दिएँ। उनले त्यसपछि आफ्नो फोनको सेट उठाएर कसैलाई फोन गरेर बोलाए। उनकै आदेशलाई सिरोपर गर्दै कोही केटा उनको रूममा आयो। मेनेजरले म तिर ईशारा गर्दै भने, ‘उहाँ हुनुहुन्छ आध्या बस्नेत।’ म मेनेजरले देखाएको केटातिर फर्किएँ। उसलाई हेरेपछि मैले आँखा झिम्काउनै बिर्सेँ। कति राम्रो केटा। गोरो अनुहार अग्लो कद। अहो वर्णन गर्नलाई कुनै शब्दै थिएन मसँग। मैले एकटकले हेरेको देखेर उसले सोध्यो,‘आर यू अलराईट?’ मैले झस्किदैं आत्तिएर भनेँ, ‘यस आई एम ओके।’ 

उसले आफ्नो हात अगाडि बढाउँदै भन्यो, ‘म यहाँको डिपार्टमेन्ट हेड नवीन खड्का।’ उसँग हात मिलाउँदा मेरा हातहरु काँपे। कुनै केटासँग हात मिलाएकै पहिलो अनुभव थियो मेरो त्यो। 

त्यो दिन काम पाएको भन्दा पनि मेरो अफिसको डिपार्टमेन्ट हेडको पर्शनालिटी सम्झेर म गदगद भएँ। 

घर पुगेर ममीलाई भनेँ, ‘ममी मैले मेरो सपनाको राजकुमार भेटेँ।’ खाना पकाउँदै गर्नुभएकी मेरी ममीले मलाई देखेर आश्चार्यमान्दै भन्नुभयो, ‘हैन के भनेकी यो एक्कासी? को भेट्यौ एकदिनमै?’ मैले ममीलाई सम्झाउँदै भनेँ ,‘ममी पहिलो कुरा आज मैले जागिर पाएँ अनि दोस्रो कुरा मैले मेरो राजकुमार भेटेँ।’

ममीले अलि झर्को मान्दै भन्नुभयो, ‘विवाह गर्ने उमेर भईसक्यो। तिम्रो साथीहरू सबैले घरजम गरिसके। सबैजना आमा बनिसके। तिमीलाई चाहीँ देखाएको केटा कोही मन पर्दैन।’ मैले ममीलाई सम्झाउँदै भनेँ, ‘पिर नगर्नू न ममी भर्खर त कोही भेट्दैछु।’ ममीले अलि गम्भीर भएर भन्नुभयो, ‘कसरी स्योर भएर भन्न सक्छौ तिमी? ऊ म्यारिड पनि त हुनसक्छ।’ 

ममिको कुरा सुनेर एकछिन अगाडिसम्म आकाशमा उडेको मनले अकस्मात धर्तीमा अवतरण गर्‍यो। मैले उस्तै ढुक्कसँग भनिदिएँ, ‘ह्या ममी पनि शुभ-शुभ बोल्नुस् के।’ 

ममीलाई त भनिदिएँ शुभ शुभ बोल्नुस् भनेर। तर म आफैंलाई कहाँ थाहा थियो र उसको बारेमा। मैले हतारहतार मोबाईलमा फेसबुक खोलेँ अनि उसको नाम सर्च गरेँ। उसको प्रोफाईल खोलेर हेर्न थालेँ। स्टाटस सिंगल, होम टाउन पोखरा। यति मात्रै लेखेको थियो। तर उसको फेसबुकमा उसको सिंगल फोटो बग्रेल्ती थिए। सबै फोटो एकएक गरेर हेरेँ। वाफ् रे! भेट्दा जति राम्रो थियो त्यो भन्दा राम्रा राम्रा फोटाहरु थिए उसको फेसबुकमा। ठ्याक्कै मोडल जस्तै। एक मनले भन्यो, ‘ढिलो नगर् आध्या भनिदे आफ्नो मनमा लागेको कुरा।’ अर्को मनले फेरि भन्यो, ‘हैन हैन म हतारिनु हुँदैन मैले केही समय लिनै पर्छ, उसलाई बुझनैपर्छ। अचानक आँखा अगाडि वर्षौ पूरानो घटेको घटना आयो।

***
‘ल ल जन्ती आईपुग्नै आँटे। अब धेरै समय लाग्दैन रे हिँडीसकेछन् उताबाट,’ काकीले अत्तालिँदै भन्नुभयो। काकीले नै खोज्नुभएको केटासँग मेरो विवाह हुँदै थियो। उहाँको आफन्त पर्नेको छोरा रे। काकीले ल्याउनुभएको भनेपछि ड्याडी र ममीले दोहोरो प्रश्न केही गर्नुभएन। भेटेको एक महिनामै हाम्रो विवाह पक्का भयो। केटासँग फोनमा कुरा पनि भयो। उसको बोली पानी परेपछिको बाटो जस्तै चिप्लो थियो। मलाई उसको बोली सुनेर पक्कै केही गडवड छ जस्तो लाग्थ्यो। हैन भने चाहिने भन्दा बढी नम्र को हुन सक्छ र। संस्कृतमा एउटा भनाई नै छ नि, ‘अधिकतम् नमनम् धूर्त लक्ष्यणम्,’ अर्थात् चाहिने भन्दा बढी झुक्नेको लक्षण राम्रो हुँदैन। 

मैले यो कुरा ममी ड्याडीलाई बुझाउन नखोजेको पनि हैन। तर उहाँहरुले बुझ्ने कोशिश नै गर्नुभएन। किनकि, ड्याडीलाई आफ्नो भाइ र बुहारीप्रति यति धेरै विश्वास थियो कि उहाँ काका र काकीको विरुद्धमा एक शब्द पनि सुन्न चाहनुहुन्थेन। मैले केही भनिहालेँ भने उहाँले नम्र भएर सम्झाउँदै भन्नुहुन्थ्यो, ‘ऊ तिम्रो काकी हो छोरी उसले तिम्रो बारेमा नराम्रो कसरी सोच्न सक्छे र?’ मैले हार मानेर विरोध गर्न छोडिदिएको थिएँ। 

विवाहको दिन काकीले जन्ती आईपुग्नै लागे भनेको एक घण्टासम्म पनि जन्ती आएनन्। पण्डित बाजे कराउन थाले, ‘लौन हजुर साहित नै जान आँट्यो जन्ती किन नआईपुगेका होलान्।’ त्यो दिन एक घण्टा, दुई घण्टा हुँदैं रात पर्‍यो तर जन्ती आएनन्। जन्ती नआएपछि विवाह भोज खान आएकाहरू अध्यारो मुख लिँदै आफ्नो घर फर्किए। बेलुका समाचार हेरेपछि मात्रै थाहा भयो मसँग विवाह गर्न लागेको केटालाई चेलिबेटी बेचबिखनमा संलग्न रहेको आरोपमा पुलिसले समातेको रहेछ। 

त्यति मात्रै कहाँ हो र मेरो आफ्नै काकीले उसको बारेमा सबै थाहा हुँदाहुँदै ऊ सँग पैसा लिएर मेरो विवाह गरिदिन लाग्नुभएको कुरा समेत पुष्टी भयो। यो सब कुरा तब मात्रै थाहा भयो जब ड्याडी केटालाई समातेर लगेको पुलिस स्टेशन रातारात हतारिएर सत्य पत्ता लगाउन पुग्नुभएको थियो। 

आफूले सबैभन्दा बढी विश्वास गरेको आफ्नो भाइ  बुहारीबाट धोका पाएपछि ड्याडीले उहाँहरूसँग सम्बन्ध नै तोडिदिनुभयो। त्यसपछि ड्याडीले मेरो विवाह एकदम बुझेर सोचेर गर्ने निर्णय गर्नुभयो।

*** 
ममीसँग म धेरै नै मिल्थेँ। उहाँलाई सबैकुरा भन्थेँ। उहाँलाई मैले नवीनको बारेमा पनि भनिदिएँ। उसको फेसबुक हेरेर यति कुरा थाहा पाए कि ऊ सिंगल हो। बैंकमा उसँग तालिम लिँदा र सँगै हिड्दा उसलाई बुझ्ने मौका मिल्यो। तर मैले उसको वैवाहिक जीवनबारे सोध्ने हिम्मत गर्न सकिनँ। न त अफिसमा काम गर्ने अरू कसैलाई नै सोध्न सकेँ। के होला उसको वास्तविकता? अविवाहित ? डिभोर्स? कि प्रेममा धोका? कतै मलाई जस्तै ठूलो धोका त भएको हैन उसलाई पनि? खै के हो नसोधी नहुने भयो।

नवीन एकदम नम्र बोल्थ्यो। मलाई नजानेको कुरा मायालु पाराले सिकाउँथ्यो। उसको मुहारमा मैले कहिल्यै पनि क्रोध देखिनँ। नजानेको कुरा हजार पटक सोध्दा पनि उसले झर्को नमानी जवाफ दिन्थ्यो। म उसको यस्तै बानीले प्रभावित हुँदै गएँ। म ऊ सँग अफिसमा त्यति बोल्न सक्दिनँ थिएँ। अफिसमा हामीलाई एकअर्कासँग गफ गर्ने मौका पनि मिल्दैन थियो। त्यसैले म उसँग प्रायः फेसबुकमै कुरा गर्थें। तर ऊ मैले पठाएको म्यासेजको रिप्लाई मात्रै दिन्थ्यो। खासै बोल्थेन। हुन त उसको स्वभाव नै त्यस्तो थियो धेरै नबोल्ने अनि काममा मात्रै ध्यान दिने। तर पनि म उसँग विभिन्न वाहनामा बोलिरहन्थेँ। 

काम गर्न थालेको लगभग एक वर्षपछि मैले उसलाई शनिबार बिदाको दिन पारेर भेट्न आग्रह गरेँ। उसको र मेरो पार्कमा भेट्ने कुरा भयो। मैले उसलाई भटेर मेरो बारेमा सबै डराई डराई भनेँ। नेपाली समाज हो उसले केही भन्ने पो हो कि भनेर टेन्सन पनि भयो। मेरो कुरा सुनेर उसले केही प्रतिक्रिया जनाएन। मैले घचघचाउँदै सोधेँ, ‘किन केही नबोलेको बोल न।’

उसले गम्भीर हुँदै भन्यो, ‘मेरो कुनै व्यवहारले तिमीलाई मैले मन पराउँछु जस्तो लागेको भए म त्यसको लागि माफी चाहन्छु तर.....’ बोल्दा बोल्दै ऊ रोकियो। ‘तर के भन न?’ उसले अलि अक्मकिदैं भन्यो, ‘म तिम्रो सोचाईभन्दा फरक छु। म जस्तो देखिन्छु त्यस्तो छैन र? अरूको नजरमा म पुरूष नै हुँ। जन्मिँदा पनि म पूर्ण रुपमा स्वस्थ्य छोरा नै भएर जन्मेको थिएँ। तर... म मा परिवर्तन आउँदै गयो। बिस्तारै बिस्तारै मैले यो बुझ्दै गएँ कि मभित्र महिलामा हुनुपर्ने सम्पूर्ण गुण छ। मैले जानेर बुझ्ने भएदेखि म पुतलीहरु खेल्न रुचाउन थालेँ, अमिलो मनपराउन थालेँ। म केटाहरूसँग रमाउन थालेँ। म केटीसँग बोले पनि उनीहरुप्रति कुनै फिलिङ्स कहिल्यै आएन। मलाई माफ गरिदउँ आध्या मेरो व्यायफ्रेण्ड छ। 

समाजले मेरो र मेरो व्यायफ्रेण्डसँगको सम्बन्ध नस्वीकार्ला तर मलाई केटीसँग विवाह गरेर घरजम गर्ने पटक्कै रूचि छैन। 

उसको कुरा सुन्दासुन्दै मेरो वरपर अन्धकार छाईसकेको थियो। मैले लामो सास फेरेँ। पहिला त्यस्तो धोका पाएर पहिलो पटक कसैलाई यति धेरै माया गरेकी थिएँ। तर यो सब के भयो ? मैले पहिलोपटक उसलाई भेट्दाखेरी जस्तै आँखा झिम्काउन बिर्सेँ। मेरो मुखबाट अन्यासै निस्कियो, ‘ओ माई गड।’ 

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १७:४५
सिफारिस
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
काठमाडौंबाट गोरखा जाँदै गरेको यात्रुवाहक भ्यान धादिङको नौकिलोमा दुर्घटना
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
यसरी सुरू भएको थियो महासंघका अध्यक्ष चन्द्र ढकालको व्यावसायिक यात्रा
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
पाँच जलविद्युत आयोजनामा एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
मेयर बालेन गृहमन्त्री आउने भएमात्र बैठक बसौं भन्नुहुन्छ: सहरी मन्त्री गुरूङ
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
सरकारी खर्चमा विकृति र नियमबाहिर गएर खर्च गर्ने प्रवृत्ति बढ्दो
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
जब देहातमा भेटिए काठमाडौं, ललितपुर र वसन्तपुर
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
अन्‍जन श्रेष्ठ बने महासंघको वरिष्ठ उपाध्यक्ष
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
पर्यटकका लागि किन बन्द भयो 'सोलो ट्रेकिङ'
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
सरकारकी प्रवक्ता भन्छिन्- मेयर बालेनको कदमले राम्रो सन्देश गएको छैन (भिडिओ)
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

प्रेम प्रस्ताव स्वीकार गर्लिन् त?
शुभकामना!
तिमी जस्तो पो जीवनसाथी!
वाह! पत्थर तिमी महान् छौ
ओ अनुभूतिहरू!
हे युवा हो!

विचार

सम्पादकीय
बालेन शाहको अराजकता सम्पादकीय
जीवन क्षेत्री
भरतपुरले फेरि यसरी छक्यायो गैंडाकोटलाई जीवन क्षेत्री
जीवन क्षेत्री
नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात! जीवन क्षेत्री
नवराज पराजुली
ओशो! नवराज पराजुली

ब्लग

बलराम तिमल्सिना
ताल्चा लागेका दुई कोठा! बलराम तिमल्सिना
दिपक घिमिरे
सरकारको नुन खाने रहर! दिपक घिमिरे
केशवकुमार मलाशी
'विदेश नगएर के यस्तो देशमा हल्लिराको होला?' केशवकुमार मलाशी
विष्णु ज्ञवाली
प्राइभेट जागिर भर्सेस लाेक सेवा विष्णु ज्ञवाली

साहित्यपाटी

सुबास भण्डारी
प्रेम प्रस्ताव स्वीकार गर्लिन् त? सुबास भण्डारी
Hamropatro inner
Hamropatro inner
नारायण खड्का
शुभकामना! नारायण खड्का
आशिष खनिया
तिमी जस्तो पो जीवनसाथी! आशिष खनिया
जीवनदास सुनार
वाह! पत्थर तिमी महान् छौ जीवनदास सुनार

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5529319 +977-1-5528194 info@setopati.com, setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP