भक्कानिएर अवरूद्ध गलाबाट तिमीलाई
सम्बोधन गर्ने असफल प्रयास भइरहे।
पारि क्षितिजबाट तिम्रै छायाको
प्रतिबिम्ब धूमिल हुँदै बिलाउँदै गए।
अनि बाँकी रहे त बस् मेरो उजाड सिउँदो
अनि तिम्रा अछुत रगतका छिटाहरु।
सायद मेरो गर्भमा विकसित भ्रुणले
चिच्याएर अनुनय गर्दा हुन्।
अछुत बनी अस्तित्वमा आउनुभन्दा
अस्तित्व विहीन बनूँ।
मानव हो भनी मानव नै बनूँ
पाप कर्म गरी किन दानव बनूँ!