मेरा डायरीका पानाहरू
यत्रतत्र च्यातिएका छन् आमा
तिम्रा छातिमा वुट बजार्ने दुष्टहरू
तिम्रा नयनबाट झरेका आँशु नदेख्ने कलंकहरू
तिम्रा चिच्यावट नसुन्ने नरपिचासहरू
तिम्रो प्रसव पीडामा होली खेल्ने नालायकहरू
तिमीलाई चिथोर्ने राक्षसहरू
आज कसरी उत्सव मनाईरहेछन्?
कशोरी उतारौं आमा
म मेरा हृदयमा उत्पन्न भावहिन शव्दलाई प्रेमको डायरीमा ।
आमा
तिमीलाई बलात्कार गर्नेहरू
तिमीलाई सती पठाउनेहरू
तिम्रै अस्तुमा रमाउनेहरू
स्टेरिङ बिनाको गाडी हाक्नेहरू
नातावाद कृपावाद लाद्द्नेहरू
गणतन्त्रका राजा बनेका छन् आमा।।
आमा
तिम्रा भिजेका नयन
तिम्रा क्षत विक्षत घाउका खाटाहरू
पटपटि फुटेका पैतालाहरू
चाउरी परेका तिम्रा निधारहरू
बाबुको देहावशन पश्चात
टुहुरा बनेका तिम्रा सन्ततीहरू
सुनौलो भविष्यका निमित्त
परदेसिएका मदनहरू
र
विछोडमा छट्पटिएका मुनाहरूको
बिलौना ।
लेख्ने ठूलो धोको हुँदा हुँदै
कयौ रात परेलीले भिजाएका सिरानीहरू
कहिल्यै सुक्न नपाउँदा
मेरा डायरीका पानाहरू
यत्रतत्र च्यातिएका छन् आमा।।
आमा म लेख्ने प्रयास गर्छु
तर
मेरा हातहरू कापिरहेका छन्
मेरा ओठहरू धर्मराईरहेका छन्
मेरा गोडाहरू
प्यारालाईसिसको विरामीका जस्तै ग्रस्त छन्
हो आमा तिमी रोईरहेको वखत
तिमी पीडामा जलिरहेको वखत
तिम्रा हरेक शव्दमा आफूलाई पाउँछु
तिम्रा वेदनाका पोको फुकाउने गर्छु
आज मेरा डायरीका पानाहरू
च्यातिएका छन् आमा।।
मलाई माफ गर आमा
तिमीले हेर्ने त्यो जुनेली रात छैन
आँशु पुछिदिने कोमल हात छैन
भक्कानिन्छु चिथोर्छु, कोपर्छु
तिम्रो कोमल स्पर्षको साथ छैन आमा।
स्वार्थले रंगीन वुट्टा बन्दै गएको छ
नशामा रम्दै दुःख साट्ने त्यो मात छैन
न्यानो साथ सम्झिएर खुशी हुन्छु
म एकान्तमा
निदाएका मेरै सपनाहरूमा तिम्रो काख छैन आमा
धोकै धोकाले चलेको यो स्वार्थी संसारमा
खुशी सँगसँगै बाँडीचुँडी खाने छाक छैन प्रदेशमा ।
तिम्रा जन्झिरले भरिएका वेदनाहरू कोर्न खोजे
तर मेरा डायरीका पानाहरू
च्यातिएका छन् आमा।।