एक चिम्टी सिन्दुरैले जिन्दगी नामसारी गरिदिन्छ
जन्मिने एक ठाउँमा, कर्मथलो ठाउँसारी गरिदिन्छ
घर-आँगन हिजोसम्म थियो आफ्नै तर, आज हैन
पहिचान पनि नयाँ भयो, पुरानोमा अधिकार छैन
जन्मी-हुर्केको घरगाउँ छोड्दा आँसु बर्बरी झरिदिन्छ
जन्मिने एक ठाउँमा, कर्मथलो ठाउँसारी गरिदिन्छ
एक चिम्टी सिन्दुरैले जिन्दगी नामसारी गरिदिन्छ
जन्मिने एक ठाउँमा, कर्मथलो ठाउँसारी गरिदिन्छ
आहा! कति मिठो बा-आमाको काख थियो
मिठो, मसिनो, बासी जे भए नि लाख थियो
माइतीघरको सम्झनाले मुटुभरि माया भरिदिन्छ
जन्मिने एक ठाउँमा कर्मथलो ठाउँसारी गरिदिन्छ
एक चिम्टी सिन्दुरैले जिन्दगी नामसारी गरिदिन्छ
जन्मिने एक ठाउमाँ, कर्मथलो ठाउँसारी गरिदिन्छ।