तिमी बिनाको परदेशमा
मलाई सन्चो छैन
स्वर्गजस्तै नगरीमा
एक्लै रम्नु छैन
तिम्रो यादमा हेर प्रिय
एकसूरे झैँ भाछु
तिमीलाई भेट्ने दिनहरु
गन्दै बसिराछु
सँगै तिमी भएको भए
यहाँ यसो गर्थें
परेलीमा सजाएर
डुलाई, घुमाई बस्थेँ
सागर छेउमा घुम्दा-घुम्दै
गोधुलीको बेला
रात बित्या थाहा हुन्न
तिमी साथमा भया।
सहरमा राम्रा मिठा
खानेकुरा देख्दा
याद तिम्रो धेरै आउँछ
एक्लै डुली हिँड्दा ।
सुख सयल परदेशको
गलपासो भाछ
शान्ति खोज्दै
फर्किनु पर्ला
तिम्रो काख जा'छ।