तँ तेल लिएर आइज साथी
म त्यो लगाइमाग्ने मान्छे खोज्छु
किन थाहा छ तँलाई?
यहाँ बोल्नेको भन्दा चिप्लो घस्नेको बिक्छ।
पढी मेहनत गरी ठूलो बनिन्छ भन्थे नि जो
ती नै आज सानो जागिर खोजिरहेछन्
गुण्डागर्दीले जीवन बर्बाद हुन्छ भन्ने गर्थे
तिनै आज राजाको जिन्दगी पो बिताइरहेछन्।
विद्वान् बनि देश बनाउनु पर्छ भन्नेहरु
आज आफ्नै छोराछोरीलाई विदेश्याउन
सकि/नसकी कनि-कनी ऋण काढ्छन्
अनि भन्छन् देश नेताले बिगारे।
हुने र खानेहरुलाई जहाँ गए नि छ साथी
हुँदा खानेहरु नै हो जति गरे नि नजोगिने
पुर्ख्यौली सम्पत्तिको रजाइँ त मज्जै हुन्छ पक्कै
तर आफ्नै पसिनाको पानी साह्रै गुलियो लाग्छ साथी।