एकै हो मानिसको मुखबाट निस्केको बोली
एकै हो बन्दुकको नालबाट निस्केको गोली
फिर्ता लिन मिल्दैन कहिले मानिसले बोलेको बोली
फर्कंदैन कहिले बन्दुकको नालबाट निस्केको गोली
न त फिर्ता लिन सकिन्छ, न त फर्काउन नै।
गोलीले जान्छमात्र मानिसको ज्यान
बोलीले त बनाउँछ, मानिसलाई मर्नु नि बाच्नु
एक बारको जुनी, भोली भेट हुन्छ कि हुन्न कुन्नी!
मिठो वचन बोल सबैसँग
माया गर सबैलाई आफ्नै सम्झेर।
कसैसँग बोल्न अगाडि, दशबार सोच्नु
नसोचि बोली, पछुताउन नपरोस् कहिले
निम्त्याउँछ हत्या र हिंसा बन्दुकको गोलीले
डोराउँछ शान्तिको मार्ग मिठो बोली वचनले
यसर्थ मिठो बोल सबैसँग, माया गर सबैलाई।