हेर आज एक युवा
भविष्य उसको धुवाँ-धुवाँ
घर छोडी मुग्लान तिर
हेर जवानीको खेलिदियो जुवा
सास रहुन्जेल आश
आज उनको परदेशमा बास
आमाको यादले झटारो हान्दा
घाँटीमै अट्किन्छ उसको गाँस
जीवित नै छ ऊ तर हिँड्छ
देख्नेले भन्दो हो जिउँदो लास
हाँस दिल खोलेर हाँस
हे दैव उसलाई हेरी हाँस्नेको
दुःख, व्यथा गरिदे नास
अनि हे दैव उसलाई गएर भनिदे
'तँ दूर छैनस् कोहीबाट'
एकै धर्ती हो, एकै आकाश
पक्कै शिशिरपछि आउने वसन्त नै हो
पक्कै रातपछि आउने दिन नै हो
हुर्का तेरो आत्माशक्ति अन्धकारमा
दौडिनेछ पहिलो किरणमा
ब्रह्माण्ड मुठ्ठीभित्र हुनेछ
अनि त्यो मुठ्ठी तेरो हत्केलामा।