अलबिदा पछि
म त्यो चाहन्नँ
अलबिदा पछि
मेरो चिहानमा
कसैले घुँघरु बजावस्
र चिहान नजिकै उम्रिएका
केतकी एक्ला फूलको
नीरवता भंग होस् ।
न त कोही
बलेको बत्ती लिएर
मेरो एक्लोपनको मजाक उडावस्
म जीवनको असीम अन्धकारलाई
साथ लिएर जानेछु
अलबिदा पछि ।
तिर्खा बिना
किन बिना नूरको छ
तिम्रो आत्मा
म बाट किन टाढा
र दुःखी हुँदैछ्यौ
तिमी आजकल
मैले औंसी को रातमा देखेको छु
भग्नावशेषमा चम्किरहेका दुई आँखा
बिस्तारै जंगलमा
हराउँदै गरेको प्रकाश
म मरूभूमि जो हुँ
तिमी मेरो अतृप्त तिर्खा हौ
तिमी म र यिनी
अमीट पीडा
आऊ साथै भोगेर बाचौं।
म एक्लै कसरी हिँडौं
एकाकी को तपस लिएर
म त मरूभूमि हुँ
अनि तिमी भौतारिँदी
तिर्खा हौ।
अब फर्की आऊ
प्यास बिना कसरी बाँचोस् मरूभूमि।
(जतिन्द्र औलखको जन्म कोहली गाउँमा भएको थियो, जुन पाकिस्तानको पञ्जाब जिल्ला अमोर्तसरको सीमानामा अवस्थित छ। जतिन्द्र औलख होमियोप्याथिक चिकित्सक हुन् र मेघला नामक साहित्यिक पत्रिका प्रकाशित गर्दैछन्। जुन पञ्जाबी र हिन्दी भाषामा प्रतिनिधि पत्रिकाको रूपमा बाहिर आइरहेको छ।
उनको प्राचीन इतिहासमा लेखिएको पुस्तक ‘माझा इन एजेन्ट एज’ ले विश्वभरि प्रशंसा पाएको छ। डिसेम्बर २०२० मा प्रकाशित जतिन्द्र औलखको अंग्रेजी उपन्यास ' फल कान्ट चीज द स्प्रीङ्स' भारतमा सबभन्दा धेरै बिक्री हुने पुस्तकमध्ये एक हो।
जतिन्द्र औलखले अमेरिकाको न्यूयोर्क सहरबाट प्रकाशित हुने पत्रिका ‘राइटर्स वीक्ली’ मा कवि र कविताबारे साप्ताहिक स्तम्भ प्रकाशित गर्दै आएका छन्, जुन विश्वका विभिन्न देशमा पढिन्छ छ। संसारभरका कविहरू यस स्तम्भमा प्रकाशित हुन आतुर छन्। पञ्जाबी कवितामा जतिन्द्र औलखको छुट्टै पहिचान छ र उनले हालै हिन्दीमा कविता लेख्न थालेका छन्।)