टुटेका पात झैं छरपस्टी रहेछौं,
त्यसैले त हामी रंग बदलिरहेछौं।
यस सप्तरंगी जीवनमा,
रंगहीन भई उडिरहेछौं।
ऋतुहरूको आफ्नै छ गति,
प्रकृति त्यसैलाई पछ्याउँदै गईरहेछ।
विज्ञान सँगै गति मिलाउँदा मिलाउँदै,
मानव समाजको के भयो यस्तो गति?
जीवनमा अब रसरंग नै कहाँ?
चाडपर्व त नाम मात्रमा सिमित छन्।
आफन्त आफ्नैमा सिमित छन्,
वाध्यताको डोरिले सबै,
सामाजिक सञ्जालमा मात्रै जिवित छन्।
ईच्छा आंकाक्षाको यस मृगतृष्णामा,
केही न केही त छुट्ने नै भयो।
पाउनुको भन्दा,नपाउनुको छ ठूलो आलाप,
मानव-मानवसँगै गरिरहेछ जाल।
घरको सुख शान्ति परै जाओस्,
आफूलाई मात्र वैभव पूरै आओस्।
नपर्दा कोही किन चाहियो र ?
पर्दा पो यो मन आफ्नालाई खोज्दो रहेछ।
समयको यस गति - प्रगतिले,
समाजको रुपरंग नै बदली रहेछ।
टुटेका पातहरु झै,
परिवार छरपस्टिएकाछन्,
त्यसैले त आफ्नो रंग बदली रहेछन्।