मेरो नाति
मसँग खुसी हुँदा झार्ने
आँसु पनि छैन
दुःखै-दु:खमा आँखाहरु
रित्तिएका छन्
तिमी आउनू अनि देखाउँछु
मेरो अट्टाहास हाँसो
तिमीलाई धेरैथोक
दिन मन छ, तर
पार ताप्दा बुनेका
यी शब्द मात्रै छन् मसँग
तिमी आउनू अनि सुनाउँछु
बाँकी सबै...
तर बाबु मलाईजस्तै
बुढेसकालमा
तिम्रा बा-आमालाई
आश्रममा नराख्नू
तिमी आउनू अनि सुझाउँछु
कबै सबै...।