तपाईं ठेकेदार हो?- होइन
तपाईं तस्कर हो?- होइन
तपाईं गुण्डा हो?- होइन
तपाईंले मान्छे मार्नु भएको छ?- छैन
तपाईं दलाल हो?- होइन
तपाईं प्लटिङवाला हो?- होइन
तपाईं गिटी-बालुवा तस्कर हो?- होइन
तपाईं व्यापारी हो?- होइन
तपाईं जातीवादी हो?- होइन
तपाईंले अमेरिका-युरोप गएर अकुत धन कमाउनु भएको छ?- छैन
ए! त्यसो भए तपाईं कसरी नेता?