हामी गल्लीमा सँगै थियौँ
गुच्चामा हार-जित केन्द्रित थियो
बढ्दै, पढ्दै जाँदा स्कुल, कलेजमा
मित्रता उमेरसँगै बढेकै हो।
साथीको रोजाइमा
तँछाड, मछाड भएन
पेसामा दक्षता चाहियो
'खोजे पाउँछस्' को बाटो हिँडियो
लगौँटीया नै सही
इजलासमा 'श्रीमान्' र 'विद्वान' भनियो
अन्त्यमा ८/१२ परेर हो वा किन?
कालो कात्तिक र ८ परेको महिना
मेरा लागि सम्झि नसक्नु भो।
सम्मानित अदालत, नैतिकता
इमान अनि विचौलिया
हेर्दाहेर्दै, सार्दासार्दै, निसु पनि
चिनेजानेकैदै विवाद हुन्
भन्नुस् न के मात्र मानें
नमानेका मुद्दा कुन-कुन हुन्?
गुरूदेवले, दमनजीले,
राधेश्यामजी, बद्रीबहादुर जर्साव,
बलराम श्रीमान्, शम्भु, बिडारी,
पूर्णमान, चन्डेश्वर, विजय, गुणनिधिसँगै
पछि देखे भेटेका, नवोदितले
बोले-लेखेकामा असहमति नै के छ र?
एकै पोखरीका हामी
बोक्नु र घोच्नु नै के रह्यो र?
समाजमा जात, थर छ
महाअभियोगको भित्तो किन?
'राजिनामा' सान्दर्भिक हो
राणाका छोरालाई 'देऊ किन भनेको?'
केवल एकचोटि-
'राजिनामा दिबक्सियोस्' मात्र भन्दिनुस्
एक हातमा 'राजिनामा'
मूल द्वारबाट 'बहिर्गमन' सँगै सेल्फी लिनुहोस्।