रात परेको छ
दिन अवश्य आउँछ है साथी
कसैका छिटो कसैका ढिलो
घमण्ड र उन्मात छैन है साथी
सपना सबैका हुन्छन्
समयले सबैलाई डोर्याउँछ
सपना कति पूरा हुन्छन् साथी?
कर्मले जहाँ पुर्याए पनि
अपूरा पनि धेरै छन् है साथी
बुझ्दै छु साथी
अधुरा चाहनाहरु जानेछन् साथी
एकदिन धुवाँ भएर
सत्य यही छ साथी
तर पनि साथी धेरै छन् बाँकी
नटेकोको भूगोल टेक्न
नखाएको चिज खान
नगरेको काम गर्न
बाँकी नै छन अनुभव लिन धेरै
ती छरपष्ट छरिएका संवेग बटुल्न साथी।
अहमले गर्जिएको संसार साथी
पानीको मूल देखे पनि प्यास मेट्न पाइन्न साथी
चौकीदार भए पनि भित्र जान मिल्दो रहेनछ साथी
साम्राज्य आफ्नो भए पनि
शासन अर्कैको रहेछ साथी
दुनियाँ जित्नेहरूको पनि दम देखियो साथी
अन्तिममा अरुले नै पुर्याउँदा रहेछन् घाटसम्म
सत्य यही छ साथी।
हाँस्ने फुर्सद छैन साथी रोदनले
मान्छे भए पनि मानवताको दर्जा छैन साथी
रही पनि खुसी हुनु पर्ने साथी
बाध्यताको बहसभित्र
जति लुकामारी गरे पनि
हिमाल झैँ हाँस्नु पर्दो रहेछ
सत्य यही छ साथी।