सुकेको छ अधर
थाकेको छ शरीर, थाकेको छ नजर
तापनि
एक रत्ति कम छैन मेरो जोश अनि जाँगर
भलै होला अहिले किनारामा
तर
एकदिन तर्नेछु यो सागर
जीवन युद्ध हो
लड्न हिँड्यो छोरो
हे दैव बाटो देखाइदे
हुन नदे
तेरो सिर्जनालाई बर्बाद
बुवाको शिक्षा, आमाको आशीर्वाद
घर छोडि हिँड्यो छोरो सुनौलो भविष्यको आश
पिँडीमा बसेर ऊ आउने बाटो हेरेर
उसको आमा बसेकी छे पक्कै छोरो आउँछ फर्केर
सदैव फूल चडाई, उसको नामको दियो
हे दैव शक्ति दे
हे दैव बाटो देखाइदे
उसलाई घामले सताउँदा बादल
तिर्खाले सताउँदा वर्षा दे
यी आमाको प्रार्थना सुनिदे
हे दैव शक्ति दे
हे दैव बाटो देखाइदे, बाटो देखाइदे।