स्वर्ग घुमाउँदै
तिमी मतिर इसारा गर्दै थियौ
म मनमनै घोरिँदै थिएँ
बात यति ढिला भइसक्यो कि
मलाई नर्कसँग प्रेम बसेको वर्षौं भइसक्यो
चारैतिर हरियाली
ठूला रहरलाग्दा पार्कहरु
धुलोको कणसम्म पनि नदेखिने
लामा बाटाहरुमा हात समाउँदै
तिमी घरी-घरी मेरो नजर चोरिरहेकी थियौ
म आफूभित्रै कल्पदै थिएँ
बात साँच्चै यति ढिला भइसक्यो कि
मलाई धुलो-धुवाँ, अस्तव्यस्तता मनपर्न लागेको
एउटा युग नै भइसक्यो।