जीवन त पुष्पजस्तै थियो सुरुआतमा
तर आज यो निरस काँडा झैँ बनेको छ यहाँ
मान्छेको आफ्नै अचम्मको गल्तीले
आज उसैको सन्तानबीच दूरी बढ्दैछ यहाँ
दूरी पनि अस्तित्वहीन हुन्छ यहाँ यदि मन नै मरेपछि
तर हेर, मन जिउँदै छ भने त तनको दूरी एक भ्रम मात्र हो
जो सिघ्र नै तोड्न सकिन्छ यहाँ
दूरी ज्ञान प्राप्तिको अचेत मार्ग पनि हो
एकचोटि यसैमा पौडी खेलेर त हेरौँ
मृत्युपूर्व नै आफूसँग भएको तत्वको अस्तित्व बुझ्दै
स्वर्ग प्राप्तिको अनुभव हुन्छ यहाँ
साँच्चै दूरी पनि अस्तित्वहीन हुन्छ या' यदि मन नै मरेपछि
स्वर्ग प्राप्तिको अनुभव पनि हुन्छ यसले
यदि यसबाट निस्किएको पीडाबाट मोहित नभएपछि
दूरीले आफ्नो अस्तित्व नियाल्ने समय दिन्छ मित्र
त्यसैले कसैको बिछोडले ज्वाला बन्नुको साटो
आत्मालाई बुझ्न सिके यो दूरीको पलमा!
अवश्य पनि भविष्य ज्ञानको उर्जाले भरिनेछ यहाँ
अवश्य नै यो दूरी त सिउडीजस्तै धारिलो थियो हिजोसम्म
तर हरेक मानवले ईर्ष्यासँग यो मानवतालाई बेच्न थाल्दा
दूरी एक पुष्पजस्तै सुवासित भएर सुसज्जित छ आज।