मृत्यु हो एउटा यस्तो तितो यथार्थ
जुन स्विकार्नुपर्छ सबैले, यथार्थ जानेर पनि
मर्नु पर्छ सबैले एकदिन जन्मेपछि
छोड्नु पर्छ सबैले यस घर्तीलाई एकदिन अवश्य नै
थाहा हुँदैन कसैले आफ्नो मृत्यु कहाँ हुन्छ भनेर
थाहा हुँदैन कसैले आफ्नो मृत्यु कहिले हुन्छ भनेर
मानिस आफूलाई जतिसुकै निडर ठाने पनि
मानिस आफूलाई जतिसुकै शक्तिशाली ठाने पनि
आखिर डराउँछ ऊ सधैँ मृत्युदेखि नै
पछ्याइ नै रहन्छ सधैँ उसलाई मृत्युको भयले
विज्ञानले पत्ता लगाए धैरै कुराहरू
अनि विज्ञानले गरे धैरै चमत्कारी कामहरु
मानिस पुगे चन्द्रलोक, अन्तरिक्षमा
बचाए धैरैलाई मृत्युको मुखबाट
तर जियाउन सकेन कसैले मरेको मानिसलाई
रोक्न सक्दैन कसैले मृत्युलाई समय आएपछि
न त छेक्न नै सकिन्छ, मृत्युलाई समय आए पछि नै
किनकि हुँदैन मृत्यु कसैको वशमा।