मध्य रात
म एक्लै थिएँ
अपरिचित आवाज बोल्यो
हेलो राजा छिटो गर न
म यो जाडोमा कति कुर्नु
कसैले देख्ला नि!
पछाडिबाट छिर है
जुत्ता नबजोस् नि
हातमा समातेर आउनु
मोजा सँग मात्रै हिँड्नु नि
नत्र छिमेकीले चाल पाउँछन्
मेरो उठिबास लाग्छ।।
उनको बोली बल्ल रोकियो
मेरो निन्द्रा खलबलियो
सोचें, कस्तो सपना
बत्ती बालें
मोबाइलमा हेरें
साँच्चिकै कल थियो
मैले रिकल गरें
फेरि उनले भनिन्
तिम्रो लागि रेड लेबल
जंगली बँदेलको बाथ
अनि मेरो प्यार
सबै साँचेर राखेकी छु।।
मन चञ्चल भो
म पनि के कम ?
अनि अरू ...
राजा छिटो गर
म प्रतीक्षारत छु
मेरो प्यास बुझायौ
मलाई पूरै खुसी बनायौ
तिम्लाई दश हजार टिप्स।।
अनि मैले भनें ...
सरी रङ नम्बर
ला... तिमी...हैन ?
अनि सायद उसले रिचेक गरी
त्यसपछि मोबाइल स्वीच अफ भयो
दोस्रो दिन बिहानै
फेरि उही आवाज बोल्यो
सरी फर एसटर्डे
फरगेट एसटर्डे
प्लिज, कसैलाई नभन्नु
उहाँ विदेशमा हुनुहुन्छ
नत्र म बर्बाद हुन्छु।।।