वर्षौदेखि ढाका र भादगाउँले टोपी नेपालीले लाउने चलन छ।
ढाका टोपी मेरो सिरको शोभा भनी अझै पनि लाउने चलन छ।।
दौरा सुरूवाल र कोट माथि यो ढाका टोपी नेपालीको शान हुन्छ।
विदेशमा यहीँ वेशभुषाले नेपाल र नेपालीको पनि सम्मान हुन्छ।।
सबै जात जातिले यहीँ टोपी लगाएर नेपालीको पहिचान हुन्छ।
बिहेबारी र अरु सम्मानकारकहरुमा नेपाली टोपी नै उपहार हुन्छ।।
नेपाली टोपी जति प्रवास गए, रङ्गी विरङ्गी नयाँ टोपीहरु आए ।
नेपाली टोपी न लगाई आधुनिक हुनेहरुले त राष्ट्रियता नै पचाए।।
के राजा, प्रजा रे मन्त्री, सबको शिरमा ढाका टोपी कति सुहायो।
ह्याट र उल्टो क्याप लगाउने चलन त नेपालमा कहाँबाट आयो आयो?
उहिलेको पालामा फाटेको ढाका टोपीको पनि कति सम्मान थियो ।
फाटेको टोपी लाउनेलाई हेरि राष्ट्रको नीति बनाउनु भन्ने थियो ।।
अहिलेका नेताले त हेर्छन् न धोती न टोपी, लाएर हिंड्छन् कोट।
चुनावमा माग्छन भोट र जिते पछि छाप्छन् बिटोका बिटो नोट।।
फाटेको टोपी चप्पल लाउनेहरू भाषण के गर्न जाने सबै नेता भए।
सुकिला मुकिला सुटमा भाषण गर्ने तर, ढाका टोपी न लाउने भए।।
कालो टोपी लाए काला कांग्रेस भन्थे, अब सबैले त्यहीँ लाउने भए ।
के काला कांग्रेस के सेता कम्युनिष्ट, भ्रष्टहरू सबै कालै काला भए ।।
सुट बुटमा सजिए पनि नेताजी, कमसे कम ढाका टोपी त लाईदेउ ।
एकै छिन मुडुलो टाउको न देखाई नेपाली राष्ट्रियता त देखाई देउ।।