झुटो बोल्नेले फटाहा भन्यो
विध्वंश गर्नेले विनाशकारी भन्यो
मट्याङग्रा हान्नेले शिकारी भन्यो
मागेर खानेले भिकारी भन्यो
धम्क्याएर खानेले लुटेरा भन्यो
नैतिकता नहुनेले अनैतिक भन्यो
संविधान नमान्नेले असंवैधानिक भन्यो
अहंकारी, विद्रोहीले निरंकुश भन्यो
कुनै एउटा ग्यांङको कुनै अर्को ग्यांङको
जुन ग्यांङको भए नि, मूला उही ड्याङको
गफ मात्रै दिन्छन् अरुलाई के ठान्छन्
नागरिकले देखे कि, निधार खुम्च्याउँछन्
आशालाग्दा थिए केही, नामोनिसान छैन
औतारी छन् अधिकांश, तिनको कामै छैन
जनताको कसैप्रति छैन केही आशा
नेपाललाई विश्वसामु बनाए तमासा
इमान्दार ओझेलमा, अरुको रवाफ बढी भो
देशभक्त तानाशाह एक, नेता अभाव भो।