मैले पढाइलाई पनि निरन्तर दिँदै जागिर गर्ने सोच राखेको थिएँ।
घरको आर्थिक अवस्था पनि कमजोर भएकाले पढाइलाई निरन्तरता दिनको लागि भए पनि जागिर गर्नु नै पर्ने थियो। घरमा बुढा भएका बाबा-आमालाई खुसी पार्नको लागि भए पनि एउटा जागिर गर्नु मेरो ठूलो उपलब्धि हुने थियो भन्ने लागिरहेको थियो।
म सँगसँगै पढेको साथी सन्दीपले बाटोमा हिँडदै गर्दा भन्दै थियो- नेपालमा जागिर खान कति गाह्रो होई साथी? जति पढेनी जागिरको लागि यति धेरै दु:ख छ। गाउँमा फलानोको छोरा कति धेरै पढेको छ भन्दै कुरा गर्छन् रे।
यता मलाई जागिर पाउनै मुस्किल छ। यदि जागिर नै पाइएन भने त बाबु-आमाको दु:ख खेर फाल्यो भनेर कुरा काट्ने होलान् भन्ने चिन्ता। झनझन् उमेर बढ्दै गयो जिम्मेवारीले धेरै नै च्याप्दो रहेछ भन्दै थियो साथी तर मेरो पनि पीडा उस्तै थियो।
म पनि जागिरको खोजीमा भौंतारिरहेको थिएँ। विभिन्न संस्थाकहाँ जागिरको लागि धेरै बिन्ती गरें। तर पनि जागिर दिएनन्। सबैले सोध्छन्- तपाईं कुन पार्टी को ? तपाईं कुन नेताको मान्छे?
मलाई लाग्यो नेताको पहलमा जागिर खानुपर्यो भन्दै नेता ज्यूसम्म पुगें।
नेताज्यू भन्नुहुन्छ- भोट कसलाई हालेको बाबु। जागिरको खोजीमा विभिन्न प्रश्न सुनें तर जागिर पाउन सकिनँ।
मलाई पार्टीभन्दा पनि भोक प्यारो थियो। यही भोक मेटाउनको लागि नै जागिरको खोजीमा थिएँ।
गरिबको लागि पार्टीभन्दा जागिर महत्त्व थियो। कसलाई सुनाउनु मनको पीडा! घरपरिवारको आर्थिक अवस्थाको कमजोर कोही थिएन मेरो समस्या बुझिदिने।
जनतन खोज्दा-खोज्दै एउटा सहकारीमा जागिर पाएँ।
मलाई लाग्यो थोरै तलब भए पनि आर्थिक अवस्थामा केही न केही सुधार त आउँछ। जनतन दिनहरू कटिरहेका थिए। त्यस सहकारीमा करिब दुई महिना जति जागिर गरेको थिएँ होला। मलाई एक्कासि खबर आयो- अन्तै जागिर खोज्नू!
मैले केही गल्ती गरेकै छैन कि जागिरबाट निकालियो भने सहकारी अध्यक्ष ज्यूलाई सोधें।
अध्यक्ष ज्यूले ठाडो भाषामा भन्नुभयो- तिम्रो ठाउँमा अरू नै कोही आउँदै छ।
केही समयपछि बुझ्दै जाँदा नेताको पावरमा मेरो ठाउँमा आफ्नो मान्छेलाई जागिर लगाएका रहेछन्।
मलाई लाग्यो गरिबको खुसी नै नेताले नै खोस्दा रहेछन्।
मनमा धेरै पीडा थिए। पाएको एउटा जागिर पनि नेताले खोसीदिँदा मन खिन्न भएको थियो।
जनताको लागि केही गर्छु भनेर नेता भएकाहरूले त आफ्नाको लागि जे नि गर्न सक्छन् तर जनताको लागि केही गर्न खोज्दा रहेनछन्।
नेता त गरिबमाथि आफ्नो दमनमा पारेर शासन चलाउनमात्र खोज्दा रहेछ।
एउटा कोठामा डेरा लिएर पढ्न बसेको युवक थिएँ। सपनाहरू बुन्दै पढ्दै गरेको। मलाई नेताको व्यवहार देखेपछि पढेर केही होलाजस्तो लागेन सबै पावर नै पावर चल्दो रहेछ। गरिबको लागि त यो सहरमा केही पनि रहेनछ।
अब गाउँ गएरै बाबु-आमासँग बस्ने र गाउँघरकै काम गर्ने निर्णय गरें। मलाई लाग्यो- सहरभन्दा गाउँमै गएर समाजको लागि केही गर्छु। मलाई जस्तो मेरो समाजका कुनै पनि व्यक्तिलाई नपरोस् भन्ने सोचका साथ पढाइलाई त्यागेर गाउँतिर हिँडें।
म गाउँ जाँदा गाउँलेहरूले कुरा काटे। यति धेरै पढेको मान्छे किन गाउँ आएको होला? सहरतिरै केही गर्नुपर्ने भनेर।
तर अहिले परिवार र गाउँलेहरू धेरै नै खुसी छन्। मैले मेरो गाउँमा गरेको मेहनत र प्रगति देखेर।
भन्निन्छ नि मेहनत गरे आफ्नै जमिनको माटोमा सुन फल छ। तर मेहनत र जीवनमा पाएको ठक्करले मलाई सकारात्मक बाटो लाग्न प्रेरणा मिल्यो।