घामको उज्यालो प्रकाशले
सबै छर्लंग देखाउँछ।
हो !
यो सत्य हो !
तर
ध्रुवसत्य हैन !
लाखौं लाख ताराहरू
त्यही घामको उज्यालोमा
ओझेल परेका हुन्छन्।
विज्ञान प्रकाश हो !
अध्यात्म ...
प्रकाश अनि
प्रकाशभन्दा पारिको अन्धकार पनि ...
प्रकाश व्यक्त हो !
अन्धकार अव्यक्त !
प्रकाश ज्ञात हो !
अन्धकार अज्ञात !
प्रकाश यति छ !
अन्धकार कति छ कति ?!?
अन्धकारमा प्रकाश छ ।
प्रकाशमा अन्धकार देखिँदैन !
अध्यात्ममा विज्ञान छ !
तर
विज्ञानमा अध्यात्म देखिँदैन !
प्रकाशमा तारा छिपेसरी ...
व्यक्त मात्र सबथोक ठान्नेहरू
विज्ञान मात्र जगत सत् मान्नेहरू
दृश्य मात्र दृष्टि भुलाउनेहरू ...
हे मनुज आऊ दृष्टि लगाऊ त...
ध्यान गर त ...
यहाँ अनि त्यहाँ तिमीले देख्नै पर्ने...
विशाल समुन्द्रहरू छन् !
घोर घनघोर जङ्गलहरू छन् !
गम्य अगम्य पहाडहरू छन् !
कति सुन्दर नदीनाला झरना तालहरू छन्।
आहा कति सुन्दर उच्च स्वच्छ हिमालयहरू छन् !
लौ हेर त कैलाश पर्वत छन् !
ध्यान लगाऊ त ...
आफ्नो पूर्वजहरूको
व्यक्त अव्यक्त सत्य सनातनमा !
शिव पनि छन् ! सत्य पनि छ !
सत्य हो ! सत्य छ !
अध्यात्ममा विज्ञान छ !