लाएर रंग, ओडेर कात्रो लास नहुँदो हो
एक मसिनो छलाङले जीवन फिक्का र उदाङ्गो
अस्थिर बसेर लामो यात्राका सङ्गालो
हेर्दा हेर्दै धुप पनि लाग्न थाल्यो मधुरो
द्रव्यपिचास र स्वार्थ ग्रन्थी जमातको पहिरो
बकवेदान्ती र सन्ठका संज्ञा सदैव पहिलो।
अस्मिता आफ्नो धुलोमैलो अनि धमिलो
आधुनिकताको फाहाले मोहडामा देखिन लाग्यो जालो।
वरिपरि हेर्दा आकाश झैँ खाडलहरू कति गहिरो
हिँड्दा-हिँड्दै ढिला भो वास्तवमा छिटो रहेछ घडीको सुइँरो।