गलत के थियो?
अनि सही के हो?
अँधेरी रातमा आफ्नो
पीडा सितको थोपा
बनाइ धर्तीलाई स्पर्श गरी
उज्यालो दिनमा बिलाउने
जुनमा, गलत के थियो?
अनि सही के हो?
सिन्दुरी रंगमा रंगिएर
बिहान उदाइसकेको घाम
दिनमा अनेकन रंगमा
परिवर्तन हुँदै
साँझ, उहीँ सिन्दुरी रंगमा बिलाउने
सूर्यमा, गलत के थियो?
अनि सही के हो?
झरनाबाट एकनास
झरिरहेको पानी, गंगाको
जलसँगै मिसिएर
एकै दिशामा बग्ने, बिना रंगमा रमाउने
पानीमा, गलत के थियो?
अनि सही के हो?
कपासको भुवाँबाट तानिएर
छुटिएर बनेको बाती
दियोको तेलमा आफै जलेर बलेर
पिँधमा खरानी बनेर हराउने
बातीमा, गलत के थियो?
अनि सही के हो?
निःस्वार्थ भावले रूखलाई
गह्रुंगो बनाएर टुप्पोमा लागेको फल
झटारोको चोटले भुइँमा झरेको
कचिलो फलमा, गलत के थियो?
अनि सही के हो?
उज्यालो दिनमा बिलाउने
जुनमा, गलत के थियो?
अनि सही के हो?
साझ, उहीँ सिन्दुरी रंगमा बिलाउने
सूर्यमा, गलत के थियो?
अनि सही के हो?
एकै दिसामा बग्ने, बिना रंगमा रमाउने
पानीमा, गलत के थियो?
अनि सही के हो?
पिँधमा खरानी बनेर हराउने
बातीमा, गलत के थियो?
अनि सही के हो ?
झटारोको चोटले भुइँमा झरेको
कचिलो फलमा, गलत के थियो?
अनि सही के हो?
अनि सही के हो?