कालो बादल हटाउन
विचार राम्रो हुनुपर्छ
दिन राम्रो बनाउन
बिहान राम्रो हुनुपर्छ।
आज यो कसैको हो
भोलि अरु कसैको हुनेछ
तेरो मेरो स्वार्थमा
लडाइँ झगडामात्र निम्त्याउँछ।
सुख कहाँ हुन्छ र
मन्दिर मात्र पूँजेर
पापको घडा मेटाउन हुनुपर्छ
सुकर्म र सुविचार
शत्रु हुन्छ त्यो क्रोध र अहंकारले
मोह हुन्छ, कर्म सबैले भोग्छ
सभ्यताको चेत खुलाउनुपर्छ सुविचारले
बरफ पानी भई पग्लन्छ
पानी अमृत भइ बग्दछ, सबैको भागमा
कसले कसरी प्रयोग गर्ने हो
फरक पर्छ आ-आफ्नो विचारमा
समय गतिशील छ, पालो सबको आँउछ
कोही असल छ त कोही खराब
के नारी, के पुरुष सबै बराबर र समान छ
भिन्न छ त केवल विचार छ।
कालो बादल हटाउन
विचार राम्रो हुनुपर्छ
दिन राम्रो बनाउन
बिहान राम्रो हुनुपर्छ।