आयो रे लौ सबतिर भन्छन् कोभिडे फेरि आयो
लाओ, लाओ सब मनुजहरुले मास्कै बेरी लाओ।
कोठाभित्रै बस भनिरहने कस्तो यो हेर खेला
त्रास देखाइ नभनिरहनु मृत्युको कुम्भ मेला।
चर्पी थर्कि घर वरिपरि साफ राखेर छोडौँ
दूरी राखौँ जन-जनहरूमा हातगोडा नजोडौँ।
मेला, भेला चउर, घरमा भिड कत्ति नलाओ
यात्रा गर्दा जमघटहरूमा मास्कै टेरी लाओ।
आयो भन्छन् सबतिर अरुले ओमिक्रोन आयो
खाओ खाना हजम हुनेतक हात धोएर खाओ।
बुझौँ केही सबतिर बुझाउँ बुझकी मानवैले
साबुनपानी मिची-मिची खुबै हात धोऔँ सबैले।