दृष्टिको अभावमा
उसको सृष्टि हुन्छ
अन्धो पक्कै हो ऊ
तर उसका नयन खोज्छ
त्यो आकृति पछाउँछ
ऊसँग ऋतुको ज्ञान छैन
तर ऊ फूल चिन्छ
उसलाई उनी सुवासना हो जस्तो लाग्छ
अन्धकारमा हराउँछ ऊ
उनी रोशनी बनेर आउँछिन्
ऊ छुन खोज्छ उनलाई
उनको अस्तित्व फेला पर्छ
उसँग स्वादको अनुभव छैन
उनी मौरीको रानी बनी दिन्छिन्
ऊ देख्दैन
ऊ सुन्दैन
तर उसले अनुभव गर्छ
उनको खित्करलाई अंगालछ
उनी न्यानो स्पर्श हुन्
सून्यतामा धुन हुन्
मौनताको वात
उनी अनुभूति हुन्
उनी मेरी हुन्।