त्यो ठूलो मैदान छोडेर
मौसमको खोल ओडेर
संसार हेर्दाको मज्जा के?
ती हृदयका पानाहरूमा लेखिन्छ जे।
जवानीको उन्माद
सँगैका ती प्रेमिल हातहरू
बत्तिँदा बत्तिँदै
मेरा अनुभूतिका इन्द्रेणीका रंगहरू लत्तिए।
ठिंग उभिएको त्यो हिमाल
र मेरा सम्वादहरू
हिमालका चुच्चाहरूले लेखिरहेछन्
खुला आकाशतिर जुन चन्द्रमा देखिरहेछ।
ती वनभोजका परिकारहरू मलाई गिज्याइरहेछन्
सँगैको लभ्ली मौसममा चरीहरू चिरबिराइरहेछन्
सन्तोष हाँसिरहेछ
म नाचिरहेछु।
अस्तित्वको खोजी गर्दा गर्दै
बत्तिएर पल्टिएका ती भागवत गीताका पानाहरू
मलाई काउकुती लगाइरहेछन्
त केवल भर्नलाई, ती गुलाबी उमेरका छानाहरू
त्यो मेरो जीवनको खेतालो पढाइ
मानसिक द्वन्दतिरै व्यस्त छ
रणभूमिको सिपाही झैँ
खै के लाग्थ्यो र त्यो दिव्यताको अगाडि नै?
लामो जीवन अनि सम्बन्धका पुलहरू
हजुर दिव्यता खोज्नमा नलागेका भूलहरू
सँगैका हाम्रा खाली जीवनका रित्ता ओडारहरूमा
खोजिरहेछन् प्रकृतिको दिव्यता
ती खाली जीवनका दोधारहरूमा।
ए बाबै!
छोड ती अज्ञानका बिस्तराहरू
अनि जाग प्रकृतिका अनुपम उपहारहरू बोक्नलाई
सँगै अस्तित्वको खोजीका बाधाहरू रोक्नलाई।